banner
banner

सैनिक जगाउने लघु फिल्म

रोशन कार्की -  
काठमार्डौं । सैनिक जीवनलाई ताजगी दिने र प्रत्येक सैनिकलाई जगाउने खालको लघु फिल्म प्रतियोगिता २०७४ सम्पन्न भएको छ । नागरिकमा समेत राष्ट्रवादी भावना जागरण गराउने लघुफिल्म प्रतियोगिता उपयोगी देखियो ।
प्रधानसेनापतिले सेनाद्वारा आयोजित लघु फिल्म प्रतियोगिता–२०७४ का उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरेका थिए । गतहप्ता जंगी अड्डास्थित सभामण्डपमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार प्रदान गरेका हुन् । लघुफिल्महरु उत्कृष्ठ खालका थिए ।
प्रतियोगितामा सञ्जीव पौडेलको लघु फिल्म अटुट नाता प्रथम, शम्भुसेन थापाको त्याग द्वितीय र प्रधुम्न मिश्रको इतिहास निर्माणको यात्रामालाई तृतीय भएबापत क्रमश: २ लाख, १ लाख ५० हजार र १ लाख प्रदान गरिएको थियो भने चौथो हुने विकास लामाको लघु फिल्म विजेता र पाँचौं हुने जोन गुरुङको वैशाखीलाई शान्त्वना पुरस्कार स्वरूप जनही २५ हजार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper