banner
banner

ताजा समाचारहरु

८५० लाई आममाफी
०६१ सालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका बालकृष्ण ढुंगेल माओवादी नेता प्रचण्डका विशेष सहयोगी पनि हुन् । उनी र उनीजस्तै सहयोगीको उद्धारका लागि समेत माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनाइयो र जेठ १५ को गणतन्त्र दिवसका दिन अपराधिक कतुर्त गरेकाहरुलाई आममाफी दिने निर्णयमा सरकार पुगेको छ । कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीका अनुसार माफी दिने सिफारिस गरिएको हो ।
एकलौटी शासन, राज्यका सञ्जाल, राष्ट्रपतिले लालमोहर ठोकेपछि जेठ १५ बाट सजाय भोगेका धेरै माओवादीको उद्धार हुनेछ । अव गोरखा फुजेलका कृष्ण अधिकारीको हत्याराको उद्धार हुन बााकी हुनेछ । जनयुद्धकालीन सबै फौजदारी अभियोगहरु नेकपाका अध्यक्ष ओली र प्रचण्डले मेलमिलापका माध्यमबाट टुंगोमा पुर्‍याउने भएका छन् । अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरु यहीकारण सलबलाउन थालेका छन् ।

राप्रपा हिन्दुराष्ट्र र राजतन्त्रमै
३ दिने केन्द्रीय परिषदको वैठक टुंगोमा पुर्‍याउादै राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गरेर मेची महाकाली अभियानमा जुट्ने निष्कर्ष निकालेको बताएका छन् । अध्यक्ष थापाका अनुसार जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसाग एकता र सहकार्यको बिस्तार गर्न पहल गरिनेछ ।

सीपी मैनालीको रााडी रुवाई
२० वर्ष अघि फुटेको नेकपा माले धानेर बसेका सीपी मैनालीको रााडी रुवाई सुनिएको छ । उनले नेकपा बन्दा आफूलाई पनि समावेश गर्न तैयार पारिएर पनि बेवास्ता गरेकोमा चित्त दुखाएर भनेका छन्– गढीमाईमा बलीदिने राागो बनाइयो मलाई । बरु साध्यबहादुर भण्डारीले ठाउा पाए, सीपीले पाएनन्, किन होला ?

बिहे जनवादी, सम्पत्ति दाइजो रे
जनवादी बिहे गरेका कम्युनिष्टहरुको सम्पत्ति श्रीमतीको र श्रीमतीको सम्पत्ति माइतीको दाइजो रे । यो गाईजात्रा मन्त्री परिषददेखि नेकपाका नेताहरुले देखाएका हुन् । नेपालका कम्युनिष्टहरुको जिब्रा कति, अनुहार कति, मौसमअनुसारका ट्यूनिक लगाउन खप्पीस ।

अव यी कुरा नउठ्नेभो
२०६५ सालमा बाढी आउादा भारतले विराटनगरमा खोलेको क्याम्प अफिस बन्द गराउन १० वर्ष लाग्यो र प्रधानमन्त्री स्तरमा पटक पटक वार्ता भएपछि र अरुण ३ भारतको जिम्मा लगाएपछि बल्ल बन्द हुनेभो । सीमा अतिक्रमण, डुबान, भारतको सिधै नेपालमा लगानी विस्तार रोक्न कति वर्ष लाग्ला ?

प्रधानमन्त्रीको सम्पत्ति
प्रधानमन्त्री ओलीले सरकारी ढुकुटीबाट १७ करोड लिएर उपचार गराइसकेको तथ्य एकातिर छ भने भर्खर सार्वजनिक गरेको सम्पत्ति बिबरणमा बैंकमा ४२ लाखमात्र छ भने १८ तोला गहना, झापाको १० कठ्ठा जग्गा, १० लाख बैंक ब्यालेन्स, २५ लाखको शेयर र डेढ रोपनीमा बनेको बालकोटको ३ तले घर श्रीमतीको नाममा रहेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper