banner
banner

सबैभन्दा ठूलो बैंक घोटालामा मन्त्री चुप

काठमाडौ । तत्कालीन क्रिस्ट बैंकको घोटालाभन्दा पनि डरलाग्दो बैंकिङ घोटाला एपेक्स विकास बैंकमा भएको छ । अर्थमन्त्री र गभर्नरले जतिसुकै छोपछाप पार्न खोजे पनि १ अर्व ५१ करोडको घोटाला वैंकिङ क्षेत्रमा नराम्ररी गनाइरहेको छ ।
यो घोटालामा एपेक्सका १ सय ४८ जना विरुद्ध मुद्दा परेको छ । तैपनि अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालले यसमा थाहै नपाएजसरी चुपचाप बसिरहेका छन् ।
हुन त मन्त्री र गभर्नरवीच पानी बाराबार छ । एउटा ओलीका र अर्का तत्कालीन प्रम सुशीलका पीए काग्रेसी । कांग्रेसी भएकै कारण राष्ट्र बैंकको इतिहासमै सबैभन्दा भ्रष्ट र असक्षम गभर्नर बने पनि घुमीघुमी खाइरहेका छन् । बेंकहरुलाई गलत रिपोर्ट दिन लगाएर अर्थनीति ध्वस्त पारिरहेका छन् ।
अख्तियार त सुत्यो, सुतेको अख्तियारले गर्ने केही होइन । बरु प्रहरीको सीआइवी सक्रिय छ र भ्रष्टाचार, तस्करी, गुण्डागर्दीविरुद्ध प्रभावशाली काम गरिरहेको छ । एपेक्स बैंक घोटाला काण्ड पनि सीआइवीले नै छानबिन गरिरहेको छ । यतिठूलो भ्रष्टाचार हुँदा राष्ट्र बैंक तमासे बनेको छ ।
एपेक्स र एनसीसी मर्जर गर्न राष्ट्र बैंकले अनुमति दियो । त्यसपछि राष्ट्र बैंकका गभर्नरदेखि निरीक्षण विभागसम्मका पदाधिकारी मर्जर अभियानबाट लाभ लिनतिर लागे । कर्मचारी पनि मर्जरमा जानेभएपछि किन नकमाउने भनेर विभिन्न शाखाबाट खोलामाथिको खेत कित्ता नम्बर एकको धितो र अधिमूल्यांकन गराएर धमाधम ऋण लगानी बढाएर मिलोमतोमा कमाए ।
सीआइवीले गोप्य छानबिन गरेपछि पत्ता लगायो १ अर्व ५०करोड ९६ लाख हिनामिना गरेर लुट्ने काम गरेको भेटियो ।
सीआइवीको रिपोर्टले घोटाला त पत्ता लाग्यो, कारवाही गर्ने सरकारी वकिलको सक्रियता र अदालतको फैसलाले हो । भनिन्छ, भ्रष्ट बैंक कर्मचारीहरुले राजनीतिक दाउपेच लगाएर यो भ्रष्टाचारबाट सुरक्षित निस्कने चलखेल गरिरहेका छन् । यसमा अर्थमन्त्रीका मान्छे र गभर्नर पनि संलग्न भएकाले पनि यो घोटालामा कडा कारवाही हुने सम्भाबना न्यून छ भनिदैछ ।
एपेक्स बैकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसमेत मुछिएका छन् । मुछिएकामध्ये १ सय ३७ फरार छन् भने क श्रेणीका ठेकेदार मनोज भेटवाल र अन्य कर्मचारी पक्राउ परेका छन् । बैंकको बैंकका गभर्नर कसरी चोखिन सक्लान् र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper