banner
banner

अपमान सहेनन् पत्रकारले

वाशुदेव वाग्ले -
जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन कार्यक्रममा नेपाली पत्रकारलाई अपहेलना गरियो । महानगरले राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गर्दैथियो, नेपाली पत्रकारलाई पस्न दिइएन । भारतीय सुरक्षाकर्मीले नो भन्दा नेपाल सरकार हस भनेर बस्यो । नेपाल सरकारले दिएको पासलाई भारतीय कमाण्डोले मिल्काइदिए ।
नेपाली र अन्य अन्तर्राष्ट्रिय सञ्चारलाई समेत प्रवेश रोक लगाएपछि यसरी पत्रकार, फोटोपत्रकारहरु सडकमा लामवद्ध भएर बिरोध गर्न बाध्य भए । मन्दिरभित्र फोटो खिच्न निषेध थियो तर पीएम अफिस दिल्लीबाट सिधा प्रशारण गरियो, नेपालभित्र नेपाली सञ्चारजगत आफ्नै सरकारबाट प्रताडित भइरह्यो । नेपाल सरकार छ, कहाँ छ । यतिसम्मको असफलता ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper