banner
banner

अरुण ३ : हातको लड्डु भारतलाई

शिवप्रसाद सिग्देल -   सन १९८७ मा जाइका लगायतका संस्थाले नेपालको जलविद्युतको सम्भाबनामा ४ आयोजना सबैभन्दा उत्तम भनेर सर्भे गरेको थियो ।
त्यसमा अरुण ३ पनि थियो । नेपालमा गिरिजाप्रसाद कोइरालाको कामचलाउन सरकार थियो तर त्यति नै बेला विश्व वैंकमा पुगेको अरुण ३ नेपाल आफैले बनाउने योजनामा आर्थिक लगानी गरिदिने निर्णय गर्‍यो, एसियाली विकास वैंकले पनि नेपाललाई सहयोग गर्ने बचन दियो ।
यो आयोजना आयोजनामात्र थिएन, यसका साथै १२२ किलोमिटर सडक बन्थ्यो, नेपालले विदेशबाट विद्युत आयात गर्नुपर्ने थिएन, यो नितान्त नेपाली लगानीमा बन्ने योजना थियो र विदेशी ऋणदाताहरुलाई १० वर्षको ग्रेस अवधिसहित ४० वर्षमा ऋण चुक्ता हुनसक्ने सहुलियत पनि थियो ।
यो योजना नेपाल आफैले बनाउन सक्यो भने त एमाले खत्तमै हुन्छ, कांग्रेसलेमात्र कमिशन खाने भो भन्ने डाहा गरेर तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले अक्टुवर १८ १९९४ मा विश्व बैंकको अध्यक्षलाई कडा पत्र लेखेर अरुण ३ मा आर्थिक सहयोग गरिए सम्बन्ध बिग्रनेसम्मको चेतावनी दिएर अरुण ३ बाट हात झिक्न दबाब दिए, पत्र नै लेखे । त्यसपत्रले नेपालको राजनीति र नेपालको विकास अभियानमा सघाइरहेका विश्व वैंक, एडीवीसमेत हच्किए । अरुण ३ नबनोस् भन्ने षडयन्त्रमा साामेल अन्य दलाल र माधव को यो अभियानका कारण अरुण ३ नेपाल आफैले बनाउने योजना तुहियो ।
२५ वर्ष अघिको त्यो भाग्य सन २०१८ मे १२ अर्थात २०७५ वैशाख २९ गते दुर्भाग्य बनेर आयो र २१ प्रतिशत नेपालले लाभ पाउनेगरी अरुण ३ भारतको हातमा दिइयो ।
आश्चर्य, अरुण ३ रद्द गर्नुपर्छ भन्ने एमालेका महासचिव थिए, अरुण ३ भारतले बनाइदिनुपर्छ भन्ने एमालेका अध्यक्ष केपीओली बन्न पुगेका छन् ।
एमालेको नीति के हो, नैतिकता कति हो ? कति स्वाभिमानी, स्वाधीनतावादी र सार्वभौमवादी ?
त्यतिबेला अरुण ३ बनेको भए आज त्यही भारतबाट महगोमा विजुली किन्नुपर्ने थिएन, उद्योगधन्दा फस्टाउँथे, नेपाल झलमल्ल हुन्थ्यो । महाकाली सन्धि गर्दा पनि कांग्रेसलाई साथ दिने एमाले भयो, पानी आधाआधा भन्ने एमाले बन्यो र अहिले आफैले कांग्रेसले कोशी गण्डकी बेचेजसरी अरुण भारतलाई बेचिदियो, एमालेको राष्ट्रवाद कस्तो हो ?
नेपालका जलविद, बुद्धिजीवी र जनप्रतिनिधिहरुले अरुण ३ का बारेमा बोल्नुपर्छ कि पर्दैन ? बिना छलफल भारतको निजी कम्पनीले नेपालको जलस्रोतमा यसरी धावा बोलेपछि हाम्रो अस्तित्व र सतित्व कहाँ पुग्यो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper