banner
banner

अपराधविरुद्ध आइज्ञजीपी

काठमाडौं । आइजीपी सर्वेन्द्र खनालले अपराधिक गिरोहसँग साँठगाँठ गर्ने जो कसैलाई तत्काल कारवाही गर्ने चेतावनी दिएका छन् ।
लागूऔषध विरुद्धको महाअभियानको स्मारिका विमोचन तथा कास्की प्रहरी कार्यालयका मूलगेट, सभाहल र नागरिक सहायता कक्षको उद्घाटन गर्न पोखरा पुगेका आइजीपीले नेपाल प्रहरी अव अपराधीलाई कुनै कन्सेसन नदिने पक्षमा रहेको जनाउ दिएर नेपाल प्रहरी अपराध र अपराधीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको सूचना दिएका छन् । जुनसुकै दर्जाका प्रहरी अपराधीसँग मिलोमतो गरेको 
थाहा पाए ठाडो कारवाही गर्ने जनाउ पनि दिएका छन् । प्रहरी देशभक्त र नागरिक मैत्री हुनैपर्छ भन्ने कडिकडाउ आदेश दिएका छन् । जनताको काम भनसुन नगरी नभएको खण्डमा त्यस्ता प्रहरीलाई आफूले सख्तीका रुपमा पेश आउने जानकारी पनि दिएका छन् । व्यवसाय गर्नेले गर, गुण्डागर्दी गर्ने पक्राउ हुन्छ, अपराधिक कृयाकलाप बन्द गर, आइजीपीले– लाग्छ अव गुमेको साख आर्जन गर्न कम्मर कसेजस्तो छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper