banner
banner

मोदीले के दिए, के लिएर गए

पदम हमाल -
को होला मर्दको चेलो मोदीलाई बोलाउन्या ।
मोदीले भाइसाप भन्दा आाफै पो लोलाउन्या ।
दुई प्रदेशमा स्यायल पढिगै, पैसाका छायाँले ।
भन् भाईसाप मनका कुरा, आइगया मायाले । (भ्रमण लक्षित देउडा गीत)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा आएर २९ गते फर्किए । सुनामीजसरी नेपाल छिरे मोदी र नेपालको शासन व्यवस्था, सुरक्षा, लोकतन्त्रलाई समेत लथालिङ्ग पारेर गए । भारतका पत्रकारहरुले जनकपुरदेखि पशुपतिनाथसम्म, सभागृहदेखि मुक्तिनाथसम्म सहज र अग्रीम रुपमा प्रवेश पाए, नेपाली पत्रकारहरुलाई आतंककारीको जस्तो व्यवहार गरियो । यसमा पास दिने सेनाको दोष होइन, दुव्र्यवहार गर्न आदेश दिने ओली सरकारको कमी कमजोरी छ । नेपालको लोकतन्त्रलाई, नेपालको सुरक्षा व्यवस्थालाई अपमानित गरेर प्रधानमन्त्री ओलीले कुन लोकतन्त्र र स्वाधीनताको सपना देखेका होलान्, सुशासन, समृद्धिको सपना बाँडिरहेका होलान् ?
नेपालका हक र हितका कुरा गर्नेलाई जेल कोचियो, तिनका घर कार्यालयमा छापा मारियो र लोकतन्त्रको हुर्मत नै लिने काम गरियो । विश्वको ठूलो लोकतान्त्रिक भनेर नथाक्ने देशका प्रधानमन्त्रीले यसपटक नेपाली जनताका सामु पुगेर हात हल्लाउने, हाँस्ने, भाइचारा प्रदर्शन गर्न सकेनन् । कमाण्डोको घेरामा आए, ५ थान सैनिक हेलिकोप्टर, जहाज लिएर आए र विश्वचर्चित नेपाली सेनाको समेत शीर झुकाएर गए । उनले बिर्सिए, गोर्खा सेनाको भारतमै कति ठूलो महत्व छ ।
मोदीले बुझेका छन्– नेपाली जनता खुश छैनन् । भारतको ज्यादतिबाट पीडित र असन्तुष्ट छन् । नेपाल सरकारले त्यो कुरा मोदीलाई भन्न सकेनन् । व्यापारीका कुरा बोले, मोदीले वास्ता गरेनन् । जनताका कुरा नगर्नु ओलीको असफलता हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper