banner
banner

ओलीले मोदीसँग जवाफ माँग्लान

काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्– भारतले नेपालको ५१ हजार हेक्टर भूभाग कब्जा गरेको छ, मोदीसँग जवाफ माग्ने हिम्मत गर्नोस् । बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले आजसम्म नेपालको ६० हजार हेक्टर भन्दा धेरै जमिन अतिक्रमण गरेको छ भने ५१ हजार हेक्टर नेपाली भूभाग पूर्णरुपमा अतिक्रमण गरिसकेको छ । चीनतर्फ केवल ६ हेक्टर भूभागको मात्र बिबाद बाँकी रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने थाहा पाएपछि सीमाविद वुद्धिनारायण श्रेष्ठले टीभी, पत्रपत्रिकामार्फत
भारतको ज्यादति कायमै रहेको बताउँदै पछिल्लो घटनाअनुसार कंचनपुरको पुनर्वास क्षेत्रको जंगे पिलर १९४ र १९५ को विचमा नेपालले काँडेतार लगाउँदा भारतीय सशस्त्र सीमा सुरक्षाबलले उखेलेर दमन गरेको बताएका छन् । झण्डै ४५ हजार एसएसवी नेपाल भारतवीचको १८ सय ८ किलोमिटर खुला सीमामा तैनाथ गरिएका छन् । तिनको काम नेपालमाथि ज्यादति गर्ने, अतिक्रमण गर्ने हुँदै आएको छ ।
सीमाविद बुद्धिनारायणका अनुसार भारतले नेपालको नवलपरासीको सुस्तामा मात्रै साढे १४ हजार र दार्चुला जिल्लाको व्यास गाविसको वडा नम्बर १ मा पर्ने लिपुलेक,कालापानी क्षेत्रको ३७ हजार हेक्टर भूमि अतिक्रमण गरेको छ । भारतको ज्यादति यसरी कायम छ कि पूर्णत नेपालको भूमिमा बनाईएको कोशी ब्यारेजको साँचो समेत भारतको हातमा छ भने देशभक्त हुँ भन्ने प्रधानमन्त्री केपी ओलीले नेपाल कसरी स्वतन्त्र छ भन्न सक्छन् ?
सीमाका नेपालीहरु राती सुत्दा नेपाली भूमिमा सुत्छन् तर बिहान उठ्दा भारतीय पक्षले सीमा मिचेर त्यसलाई भारतको बनाईदिने गरेको छ । यस्तो स्थितिबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हाम्रा प्रधानमन्त्रीले किन कुरा नगर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper