banner
banner

चाटुकारिताबाट मानसिक दासत्व

स्वयम्भुनाथ कार्की -
आफ्नो प्रशंसा सुन्ने लालसा, आफुले गरेको हरेक काम ठिक हो भनियोस भन्ने ईच्छा धेरथोर सबैमा हुन्छ । यो हानीकारक भए पनि यसको आकर्षणबाट मुक्ति पाउन कठिन छ । यो एक यस्तो लालसा हो जसले हरेक कालमा हरेकको कुभलो नै गरेको छ । कयौ शक्तिशालीहरुलाई धुलो चटाएकोछ । तैपनि यसको आकर्षणमा कुनै कमी आएको छैन । यसैले समाजमा चाटुकारहरुको उत्पादन गर्छ  । यो चाटुकारको जमातमा विस्तारै मानसिक दासहरु पैदा हुन थाल्छन । यो प्रक्रिया यति सुक्ष्म हुन्छ कि चाटुकारबाट मानसिक दासमा कहिले परिवर्तन भईयो पत्तै हुन्न ।
अरुले हेर्दामा मानसिक दास र चाटुकारमा खासै भिन्नता देखिन्न तर यी दुबैमा अकाशपातालको अन्तर हुन्छ । जहाँ चाटुकार अवसरवादी हुन्छ, आफ्नो भलो कुभलो सोच्ने क्षमात राख्छ भने मानसिक दासहरु सबैभन्दा पहिले बुद्धि शुन्यता आउँछ । उनीहरुको स्वतन्त्र चिन्तन हराएर जान्छ अनि आफ्ना मालिकको हरेक कुरा युक्तिसंगत लाग्न थाल्छ स्वतन्त्र चिन्तन समाप्त हुन्छ । अति वफादारीले लादिएकाले विवेक शुन्य भएर आफ्नो मालिकको विरोध सुन्न र सहन नसक्ने बानीको विकास हुन्छ । चाटुकारले पनि यहि चरित्र देखाउछन, तर उनीहरुलाई यस्ता कुराले रिस उठदैन । बरु आफुले चाकरी गरेको प्रतिफलले हैसियतमा आएको फरकको निरन्तर मुल्यांकन गरिरहेका हुन्छन ।
त्यसैले हावाले पिपलको पात फर्काए झै चाटुकारहरुको आस्था परिवर्तन भईरहेको हुन्छ । कतिखेर विरोधीमा सामेल हुने हो यदी आफ्नो त्यो निर्णय गलत भयो भने कसरी फर्कने हो त्यसमा चाटुकार पोख्त हुन्छन । मालिकलाई भने यी दुबैको बुद्धि र क्षमताले केही लाभ हुन्न । चाटुकारले केवल आफ्नो भलो सोचेको हुन्छ, कुनै कुनै बेलामा त आफ्ना सबै भन्दा नजिकको तथा प्यारो परिवारजनको पनि पर्वाह गरेको हुँदैन । यसको विपरित मानसिक दासमा सोच्ने विचार गर्ने क्षमता नै मरेको हुन्छ त्यसैले आवश्यक भएको वेलामा यस्ताबाट कुनै सहायता मालिकले पाउन सक्दैन । अमरलता जस्तैे यी केवल मालिकको जीवनरस चुसेर बाँच्ने परजीवी हुन ।
नेपालमा राजतन्त्र पाखा लगाउनमा राजतन्त्र विरोधीको भन्दा कम भुमिका राजतन्त्र समर्थक चाटुकार र मानसिक दासको छैन । यस्ता मानसिकदासहरु गणतन्त्र समर्थकमा पहिलेदेखि धेरै देखिएका छन । यस्तो हुनको कारण नेपालको राजतन्त्रले बेलाबेलामा यस्ताको समुहबाट आफुर्ला अलग गर्ने प्रयत्न पनि गरेको थियो । त्यसैले राजतन्त्रको पक्षमा भन्दा चाटुकार तथा मानसिक दासहरुको फौज विरोधीमा ज्यादा छ । तैपनि ‘जनमत संग्रह’ पछिदेखि राजतन्त्रलाई पनि चाटुकारहरु प्यारा हुँदै गएका थिए । समर्थ आस्थावान तिता लाग्ने र चाटुकार मिठा लाग्ने क्रममा योगी नरहरीनाथको उच्च व्यक्तित्वको विकल्पको रुपमा ‘नेपाली बाबा’ खडा गरिए ।
नाम पनि लिन नहुने जस्तो गरेको राजा महेन्द्रको सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियानको’ (यहा २०३२साल भन्दा पहिलेको गाउ फर्कको कुरा गरिएको हो ) कार्यक्रम हुवहु उतारेर त्यसमा राज्यकोषको खर्चको प्रावधान राखेर बनाएको ‘आफ्नो गाउ आफै बनाउँ’मा एमाले नाक फुलाउछ । २०२४ सालमा सार्वजनिक स्थलमा छुवाछुतलाई दण्डनिय बनाई सकिएकोमा फेरी त्यसैलाई नौलो कानुन बनयौं भनेर माओवादी आफ्नो पिठ्यूमा धाप मार्छ । २०,२१मै लागु भएको भूमिसुधार र हदवन्दी हाम्रो कार्यक्रम थियो भनेर नेपाली कांग्रेस घक्कु लगाउछ । जे जसको भए पनि यी सबै लागु गने राजा महेन्द्रको नाम भने अपच हुन्छ भने यो चाटुकारिता र मानसिक दासता नभएर के हो त ?
दोषमुक्त त राजतन्त्र पनि छैन, पञ्चायती संविधानमा २०३२सालमा गरिएको दोश्रो संसोधन र त्यस पछिको चाटुकारको जगजगी नै आजको नेपालको दुर्दशाको विजारोपण हो भन्ने हो भने त्यो गलत हुँदैन ।  २०१७ देखि २०२८सम्ममा राजा महेन्द्रले बसाएको जगमा २०३२देखि निरन्तर प्रहार हुँदा पनि भत्किसकेको छैन । शाहहरुले केवल भौतिक एकिकरण गरे, मनको एकिकरण गरेन भनेर चिच्याहट गर्नेहरु नै तेरिया मगरलाई केहीले नेपाली भएर पनि भोट दिएनन भन्ने रोड्याई गर्छन भने के यो मनको एकिकरण हैन र ? सुस्ता र कालापानी दुख्ने नेपाली मन हैन र ? तर मानसिक दासका मालिकलाई यो सत्य मन पर्दैन त्यसैले यो सत्यलाई अस्विकार गरिन्छ । अवचेतन मनले भने यो तथ्य स्विकार मात्र गरेको छैन, यसबाट पाईने अधिकार पनि उपभोग गरेको छ ।
आज विदेशी फौजमा सेवामा गएकाहरलाई गोर्खाली भनेर चिनिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले जोडेको मुलुकलाइृ गोर्खा हैन नेपाल भनिन्छ । यस गोर्खा जमातमा गोर्खाका भन्दा गोर्खा बाहिरकाहरुको बाहुल्यता छ । तै पनि गोर्खा भनेर गरिएको प्रशंसामा मन प्रफुल्ल हुन्छ । यतिमात्र हैन, अहिले भारतिय भूमि भएको स्थानमा गोर्खा शव्द मै अपनत्व राखेर गोर्खाल्याण्डको आन्दोलन छ । 
यसलाई मनको एकिकरण नमान्नु मानसिक दासता नै हो । सहिलाई सही गलतलाई गलत भन्न नडराउन भनेर ‘ नबिराउनु नडराउनु’ भनिएको थियो । ‘आफ्नो ब्रम्हले देखेको कुरा बोलिदिए लेखिदिए त्यो देशको ठुलो सेवा हुनेथियो ’ त्यसै भनिएको हैन । आफुमा पलाउदै गरेको मानसिक दासताबाट मुक्त भएर एक पल्ट फेरी स्वभिमानी नेपाली भएर सोच्ने हो भने केचना कवलका राजवंशी, दाङ्गका थारु, कामाण्डौका नेवा, पहाडका राइ,लिम्वु, क्षेत्री बाहुन , तराईका धिमाल, मण्डल खत्वे मिश्रा जे जति छन सबैमा आफन्त छन । नत्र भने त आफैले जन्माएको सन्तान पनि आफु भन्दा अलग हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper