banner
banner

देश नेतृत्वको नियन्त्रण बाहिर पुगेकै हो ?

शेखर ढुंगेल -
चुनाव भयो, संविधान कार्यान्वयन हुनथाल्यो भनियो । संविधान देशको मूल कानुन, मूल कानुनको राज त कतै देखिदैन । अहिले पनि व्यक्तिवाद, माफियावाद, पार्टीवाद, फरिया र हुकुमबाद चलिरहेको छ त ? यही हो लोकतन्त्रको गरिमा र महिमा ? यही नै लोकतन्त्र हो भने देशमा अराजकताको झन बढी खतरा बढ्यो । देश कृष्णभीरमा पुग्यो भन्ने त्रासदी पो बढ्यो ।
मैले गरेको अनुभव, अरुले पनि गरेका होलान्, स्थिति यति भयावह छ कि प्रश्न गर्नैपर्छ– के नेपाल देशका कथित नेतृत्वको नियन्त्रण भन्दा बाहिर पुगेको हो ? लगाम खुस्किएकै हो ?
प्रदेशको स्वच्छन्दता, असिमित अकल्पनीय भ्रष्टाचार, दण्डहीनता, अस्तित्वहीन अख्तियार अदालत, खुम्चिदो, देशको विश्वप्रभाव, सीमा र संकुचन हुँदै गएको स्वाधीन, स्वतन्त्र सार्बभौम अस्तित्वले देश राजनैतिक नेतृत्वको नियन्त्रण भन्दा बाहिर पुगेको महसुस भएको छ ।
स्वदेशी बिदेशी बिचौलियाहरुको साम्राज्य पो बन्यो त देश ? जता हेरौं, यस्तै परिदृश्य देखिन्छ छ ?
के प्रदेशले स्वाधीन राष्ट्रको केन्द्र सरकारले भन्दा माथिको अधिकार प्रयोग गर्न पाउँछ ? कसरी ?
सोचौं एक पटक । प्रदेशमा जे भइरहेको छ, ती क्रियाकलापहरुले सार्वभौमसत्ता राष्ट्रको अपमान वा अस्तित्वमा बिचलन हो कि होइन ?
बिदेशी सरकार प्रमुखको प्रदेश बिशेष नै छनौटको अर्थ के हो ? प्रत्येक जिल्लाको (स्थानीय सरकार) मा सम्बोधनको अर्थ ? के हो ?
राष्ट्रभित्र अर्को देशको दूतावासले आफुखुसी बजेट वितरण गर्नुको यो राष्ट्र माथि शासन हो कि होइन ? स्वाधीन र देशभक्त भनिने यो सरकारले जनतालाई जवाफ दिनुपर्छ ।
प्रदेश बिशेषले बिदेशी पाहुना आउँदा बिदा दिन मिल्छ ? कसको आदेशले ? बिश्वको कुनै संघीय राष्ट्रमा त्यस्तो घटना कहाँ भएको छ, यति आपत्तिपूर्ण काम रोक्ने कसले ?
यो देशमाथि विदेशीको ठाडो हस्तक्षेप निम्त्याउने काम भइरहेको छ, केन्द्र सरकार, संघीय संसद किन मौन बसिरहेको छ । राष्ट्रपति जाँदा मन्दिर धोएर चोखो पारियो, विदेशी आउँदा आफै बढार्न थालेको दृश्य के हो यो ?
राष्ट्रबादी नामको सरकार छ, छ भने कहाँ छ ? नेपालमाथि विदेशी हस्तक्षेप ह्वात्तै बढेको छ, यो रोक्ने काम ओली सरकारले गरिहाल्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper