banner
banner

सीमा मिचिदा नबोल्ने राष्ट्रवादी ?

काठमाडौं, देशको सीमा मिचिदा नबोल्ने ओली कसरी राष्ट्रवादी ? यो प्रश्न मोहन बैद्यको हो ।
नेकपा–माओवादीका महासचिव  मोहन वैद्य किरणले भारत भ्रमणबाट फर्केपछि एकतर्फी समृद्धिको कुरा मात्र गरेर ओलीले देशको सीमा मिचिदा मौन बसेकोमा आक्रोश व्यक्त गरेका हुन् ।
आक्रोसकै क्रममा बैद्यले ओलीको राष्ट्रवाद भारतमा बिलिन भइसकेको दावी पनि गरेका छन् ।ु
पार्टीको युवा जागरण तथा मार्चपासलाई उत्साहित पार्ने क्रममा बैद्यले  प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यहाँ भएको सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गिएको बताए । अझै जनतालाई कति भ्रममा पार्ने, बैद्यको कडा प्रश्न थियो ।
बैद्यले युवा तप्कालाई संवोधन गर्दै भने– ‘प्रधानमन्त्री ओली समृद्धिका कुरा गर्छन् तर सीमा मिचिंदा किन बोल्दैनन् ? ओली नेतृत्वको सरकारलाई अहिले राष्ट्रवादी भनिए पनि त्यसले दलाल पूँजीवाद र सामन्तवादको रक्षाकवचको काम गरिरहेको छ । यस्तो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न सक्दैन । झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादीले लिनै मिल्दैन । ती आन्दोलनको नेतृत्व गरेको नाममा ओली र प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याएका छन् । युवा मार्चपासको क्रममा नेताहरु सीपी गजुरेल, रामसिंह श्रीसलगायतकाले बोलेका थिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper