banner
banner

राजदूतको शिक्षाचासो

काठमाडौं । अमेरिकी राजदूत अलायना बी टेपलिजले शिक्षामन्त्री गिरिजामणि पोरेललाई भेटेर नेपालको शिक्षाको विषयमा चासो प्रकट गरेकी छिन् । यही अवसर छोपेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले नेपालको शिक्षाको व्यवस्थापन र विस्तारमा वैदेशिक सहायताको खाँचोबारे छलफल छलफल चलाएर थप सहयोग मागेका छन् । मन्त्रीले नेपालको 
संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा गरेको व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय रहेको र थप सहयोगको अपेक्षासमेत अघि सारेका थिए ।  महामहिम राजदूत टेप्लिजले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राजदूत टप्लिजले आपसी सहमति र समन्वयबाट नेपालको आर्थिक समृद्धिका लागि सहकार्य गर्न तयार रहेको जनाउ पनि दिइन् ।
राजदूतले यस्तो समयमा मन्त्रीलाई भेटेकी छिन् कि यति नै बेला भर्नाका नाममा निजी शिक्षालयहरुले मनपर्दी शुल्क अशुलीरहेका छन् र सरकारले सामुदायिक स्कूलहरुको संरक्षण र निजी स्कूलहरुलाई नियमले बाँध्न सकिरहेको छैन । शिक्षा मन्त्रीको काविलियतमाथि समेत प्रश्नचिन्ह उठेको छ । तैपनि शिक्षा मन्त्री कानमा तेल हालेर निजी स्कूलका पक्षमा उभिएका छन् र यही विषयमा राजदुतलाई प्रष्ट पार्न सकेनन् उनले ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper