banner
banner

दक्षिणकालीलाई कालो बोको

काठमाडौं । माओवादी केन्द्र र एमालेका केही नेताले दुवै पार्टी एकीकरण नहोस् भनेर दक्षिणकालीमा कालो बोको भाकल गरेको खुलासा भएो छ । को को हुन् ती माके र एमालेका नेताहरु, जो यो एकता तोड्न चाहन्छन् ? यसबारेको प्रश्नमा समयले खुलासा गर्ने एमाले नेता केशव बडालले बताएका छन् ।
यी बडालले यो कुरा मेटेजति पत्रकारलाई र रिपोर्टर्स क्लवमा उभिएरै पनि बताएका छन् । उनले शनिवार यसो भने, आइतवार वैशाख ९ गते कम्युनिष्ट एकता दिवस, लेनिन जयन्तिका दिन प्रचण्ड र ओली एउटै मञ्चमा त देखिए तर एकता हुनसकेन । बडालका् भनाइमा दम रहेछ भन्ने देखियो । यही मञ्चबाट प्रचण्डले कुनै पनि दिन ठ्याक्कै एकता हुनसक्छ भनेर आशाका कुरा अघि सारे ।
९ गते एकता दिवस मनाउने क्रममा माओवादी केन्द्रको झण्डा र माकेमात्र किन लेखियो, खोई लेनिनको तस्वीर भनेर राष्ट्रिय सभागृहमा ठूलै हंगामा मच्चिन पुग्यो । माओवादी केन्द्रका कार्यकर्ताले एमालेमाथि ठूलै आशंका र षडयन्त्रको गन्धसमेत रहेको आरोप लगाए । पछि दुईथान ब्यानर झण्ड्याएर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने काम सम्पन्न गरियो ।
बडालले फुलबुट्टा भरेर केपी ओलीको आरती उतार्ने काम पनि गरेका छन् । बडालका अनुसार केपी ओलीले मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधीनता उँचो बनाएकोमा गर्व गर्दै विरोधीले समेत प्रशंसा गरेको बताए । ओली कति स्वाधीनता र माटोवादी हुन्, त्यो त केही समयमा देखिने नै छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper