banner
banner

असमान सन्धि सम्झौता र सीमा मामिला

चार बामको कार्यक्रममा बुद्धिनारायण श्रेष्ठले के भने–
सन् १९५० को शान्ति मैत्री सन्धिको धारा १ तथा २ भारतले लागु नगरेको अनि धारा ५, ६ तथा ७ नेपालले बेवास्ता गरेको, धारा ८ इस्तेमाल नै हुन नसकेकोले यस्ता दफामा उल्लेख गरिएअनुसार सन्धिका कतिपय धारा कामयाव हुन सकेको पाइँदैन । यस्तै, अन्य कतिपय दफा प्वाल परी सन्धि छियाछिया भएको पाइन्छ । साथै सन्धिका कतिपय वाक्यांश (ल्कज) उपयोगहीन अवस्थामा पुगेको पाइन्छ । यसैगरी सन्धिमा उल्लिखित कतिपय हकहितका बुँदा असमान रहेको पाइन्छ । यस्तो अवस्था रहेको १९५० को सन्धिलाई सुधार संशोधन गरेर कामचलाउ गर्ने या खारेजै गर्नुपर्ने हो भन्ने कुरामा जटिलता उत्पन्न हुनसक्छ । यस सम्बन्धमा सन्धिको धारा १० को शाब्दिक मानसिकता राम्ररी विश्लेषण तथा मनन गर्ने हो भने सन्धि संशोधन या सुधार गर्ने प्रावधान नै छैन भन्न सकिने अवस्था रहेको छ । जब कि शान्ति मैत्री सन्धि भएकै दिन अर्थात् ३१ जुलाई १९५० मा नै र्दुइ देशबीच व्यापार र वाणिज्य सन्धिको धारा १० मा सन्धि दस वर्षे अवधिलाई जारी रहने छ, कुनै एक पक्षबाट अन्त्य गर्ने काम भएन भने फेरि अर्को दश वर्षका लागि जारी गर्न सकिने छ भनी उल्लेख गरिएको छ ।
तर १९५० को शान्ति मैत्री सन्धिको धारा १० माचाहिं ‘कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ’ भन्ने मात्र लेखिएको छ । दुवै सन्धिका यी हरफको शाब्दिक मानसिकता राम्ररी विश्लेषण तथा मनन गर्ने हो भने शान्ति मैत्री सन्धि संशोधन या सुधार गर्ने गुञ्जायस रहेको बुझिदैन । यसैले सन्धिलाई या त खारेजै गर्नुपर्ने हुन्छ या त यसलाई यथावत् लिरिखिरि तवरले चल्न दिनुपर्ने हुन्छ ।
सीमा मामिला सम्बन्धमा भारतसँग लिपुलेक–कालापानी–लिम्पियाधुरा, सुस्ता, सन्दकपुरजस्ता ७१ स्थानको ६०,६६२ हेक्टर जमिनमा अतिक्रमण, वादविवाद, तेरोमेरो रहेको छ भने चीनतर्फ दोलखा लामाबगर लाप्ची गाउँ उत्तर सीमा चिन्ह ५७ मा ६ हेक्टर जमिनमा विवाद रहेको छ । सगरमाथाको उचाई चीनले नक्सामा ३.५७ मिटर होचो लेख्र्नुपर्छ भन्ने सम्बन्धमा कुरो समाधान हुन सकेको छैन ।
सीमाविद बुद्धिनारायण श्रेष्ठको यो भनाइ यस्तो बेलामा आएको छ, जबकि दिल्लीमा प्रवुद्ध बर्गले १९५० को सन्धिबारे विषद छलफल गरेर आठौं बैठकलाई निष्कर्षमा पुर्‍याउने निर्णय गरेका छन् । जुनमा हुने बैठकमा प्रवुद्ध समूहले बुझाउने निष्कर्षसहितको सुझाव बुद्धिनारायणकै लाइनमा आउने निश्चित छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper