banner
banner

जनताको हार्दिकता नेपालको राष्ट्रियता

स्वयम्भुनाथ कार्की -
पूर्वराजाले नारायणहिटी छोड्नेक्रममा आफु एक्लिएको वा आफुले एक्लोपन महशुस गरेको कुरा गरे । आफ्नो तर्फबाट बोलिदिने कोही नभएको पिडा पोखे । तर के साँच्चै नै त्यसवेला राजाको पक्ष लिएर बोल्ने वा गर्ने कोही नभएकै हो त ? बोल्नेहरुको त्यतिवेला पनि कमी थिएन अहिले पनि कमी छैन । त्यसवेला पनि राजाको उपस्थितिले जनताको भिड बटुल्थ्यो अहिले पनि बटुल्छ । त्यसवेला पनि जयजयकार हुन्थ्यो अहिले पनि हुन्छ । थपमा त्यसवेला पनि भिड भित्र राजा एक्लै थिए, अहिले पनि एक्लै छन् । त्यसवेला उक्साउनेहरु प्रशस्त थिए अहिले पनि छन् । त्यसवेला उनले खुरुक्क माने अहिले मानेका छैनन् ।
जीवनको सबैभन्दा कठिन अवस्था भोग्नु पर्दा उनले ‘प्राण भन्दा प्यारो’ नाराको निस्सारता बुझिसको महशुस हुन्छ । बीसौं शताव्दिको अन्त तिरको युगमा साथमा छौ भनेर कठोर कदम चाल्न उक्साउनेहरु आवश्यकताको बेला उपलव्ध नभएको तितो सामान्य हैन । जनताको नासो जनतालाई सुम्पेको घोषणा पछि नारायणहिटी छोड्दासम्मका दिनहरु राजाका निमित्त कस्ता रहे होलान भन्ने कुराको कल्पना पनि अर्काले गर्न कठिन छ । त्यही पिडा मध्येको एक थोपामात्र त्यसवेला छल्केको थियो । आफ्नो तर्फबाट बोलिदिनेहरुले जनतामा नबोलेर आफुलाई मात्र सुनाएको कुरा बुझेको अभिव्यक्ति थियो त्यो । अवस्था दशक कट्न लाग्दा पनि उही नै छ, आफ्नो सामुन्ने जयजयकार, आफुलाई अर्तिको ओईरो तर जनता समक्ष भने चुपचाप । उनी आफै अन्यौलमा छन् ।
यो दशकमा राजसंस्थाको नाममा व्यापार गर्नेहरु प्रशस्त निस्के । गणतन्त्रमा राजसंस्थाको अस्तित्व रहने व्याख्या गर्दै व्यापार चलाई रहे । धर्मका ठेकेदारहरुले आफ्नो ठेक्का चम्काउन राजाको प्रसस्त उपयोग गरे । शाहवंशले स्थापित गरेको नेपाल सबैको भन्ने मान्यता विपरित धर्म विषेशको नेपाल बनाउने प्रयत्न गरे । जव आफ्नो नाम चम्कियो, आश्रम धनधान्यले भरपुर भयो हिन्दु गणतन्त्रको नारा लगाउन थाले । एक नेपालीले अर्को नेपाली देख्दा अपनत्व हैन झस्कनुपर्ने भाव आउन थाल्यो । राष्ट्रवादी भनाईनेहरुले राष्ट्रको परिभाषामा जनता पनि पर्दछन भन्ने कुरामा बुझ पचाउन थाले ।
 राजा भए पनि पुर्व राजा भए पनि उनमा राष्ट्र चिन्ता छ ।  त्यसैले हरेक मौकामा सन्देश, विज्ञप्ति आदि मार्फत यो चिन्ता व्यक्त गर्दछन् । कम से कम आफुलाई साथ दिने नारा लगाउनेहरुले राष्ट्रचिन्तामा साथ दिउन भन्ने लालसा छ । तर जो सामुन्ने आउँछ उ राजाले गर्नु पर्ने कुराको अर्ति दिन थाल्छ । अर्को मिल्न नखोजेको पोल सुनाउछ । राजा वोक्ने दावी गर्ने दलका पुगे भने नेतृत्वले गल्ती गरेको गुनासो गर्दछ । जुन अशान्तिबाट राष्ट्र बचाउन गद्धि त्याग गरे त्यही अशान्तिको मार्गबाट राजसंस्था पुन:स्र्थापनाको योजना सुनाउछ । यस्तो अवस्थामा उनी ‘बुभेंm, बुभेंm’ भनेर भन्न विवश हुन्छन । बाहिर निस्केर त्यही व्यक्ति फुर्ति लगाउछ ‘खै मैले त्यत्रो महत्वपूर्ण कुरा गरें, केही प्रतिक्रिया छैन’ । 
यस पटकको नयाँ बर्षको शुभकामना संदेशमा पनि राजाको त्यही राष्ट्रचिन्ता झल्केको छ । यसमार्फत राजाले कसैलाई चुनौती दिएका छैनन बरु दिशानिर्देश गर्ने प्रयत्न गरेका छन् । ‘राष्ट्रियता जनताको हार्दिकतासंग गांसिएको संवेदनशिल प्राणतत्व पनि हो ’ । यो राष्ट्रवादीहरुले जनतालाई गाली गर्ने हैन सम्मान गर्ने हो भन्ने दिशानिर्देश हो । ‘सबै नेपालीहरुको सपना स्वाभिमान र आत्मसम्मान सहितको सम्वृद्ध नेपाल हो’ भनेर शाहवंशले नेपाल र नेपाली आत्मसात गरेको प्रमाण दिएका छन । 
सरकार स्वयं गल्लावाल भएर विभिन्न मुलुकमा श्रम कोटाको भिख माग्दै गरेको वेला सन्देशकमा राजा भन्छन्, ‘हरेक नेपालीको निमित्त स्वदेशभित्र नै रोजगारीको सुनिश्चितता होस’ । उनले अरुले भन्दा धेरै नेपालीको आत्माबुझेका छन भन्ने कुरामा संशय गर्ने ठाउँ नै छैन । ‘देश बनाउनु पर्ने नेपाली हातलाई देश बचाउन उपयोग गर्नुपर्ने बाध्यात्मक अवस्थामा नपुर्‍याईयोस्’ ।  यो राष्ट्रको अखण्डता माथि पछिल्ला दशकमा लगातार परेको चोटको उत्तर हो । नेपाली हातहरुलाई विदेश बनाउन हैन नेपाल बनाउन प्रयोग गर्न नसक्नेहरुको जालबाट मुक्त गर्नु पर्ने आवश्यकता हो, नेपाली मुक्तिको आव्हान हो । आह्वानको गरिमा र महिमा ुबुझ्नेले बुझेको देखिएन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper