banner
banner

राजपाले दियो आन्दोलनको धम्की

काठमाडौं । सत्ता र मधेसी पार्टीको सम्बन्ध नङ र मासुको थियो । तर केपी ओलीले सर्वशक्तिमान बन्ने दाउ खेलेर सत्तामा सहभागी गराउन खोजे पनि नसकेपछि यतिबेला राजपा र संघीय समाजवादीसमेत सत्ता बाहिर छन् र यति नै बेला राजपाका महासचिवले संविधान संशोधन गरेर मधेसीको माँग पूरा नगरे अर्को अन्तिम आन्दोलन गर्ने धम्की दिएका छन् ।
मधेसी दलहरुलाई सरकारमा सामेल गराउन प्रम केपी ओलीले संविधान संशोधन गर्नसकिने संकेत दिएका थिए । संकेतको भरमा विश्वासको मत दिएर  प्रतिक्षारत मधेसीलाई ओलीले उधारोमा सरकारमा सामेल गराउन सकेनन्, जसले गर्दा सत्ता नभए बाँच्नै नसक्ने मधेसीहरु आगो बनेका छन् ।
यति नै बेला राजपाका नेताहरुलाई दिल्लीले समन जारी गरेर हाजिर हो भनेपछि उता हाजिर हुन पुगेका छन् । दिल्लीको रणनीतिक मार्गमा चल्नुपर्ने र यता सत्ताको तीर्खा पनि मेट्नुपर्ने दुई धारे तरवारमा चलेका मधेसी दलहरुले अव मधेस टुक्रिन्छ, कसले रोक्छ, रोक्न सक्छ भनेर असंवैधानिक भाषा पनि बोल्न थालेका छन् । सत्ताले मधेसीलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्‍याएको छ ।
प्रधानमन्त्रीले राजपालाई, फोरमलाई बेवास्ता गरेको आरोप छ तिनको । त्यसैले सडकबाट भनिरहेका छन्– संविधान संशोधन गर्ने कि नगर्ने ? भारत भ्रमणबाट सम्बन्ध सुधारेर आएको दावी गर्ने प्रम ओली यो सब हेरिरहेछन् ।
यद्यपि राजपा ६ पार्टी मिलेर बनेको पार्टी हो । यसकारण नेता धेरै र आकांक्षी पनि धेरै छन्, जसले गर्दा सरकारमा जान अप्ठेरो परेको हो । प्रधानमन्त्रीले कम मन्त्री दिने र जान धेरै इच्छुक भएपछि तानातान त हुने नै भयो । अव राजपा आन्दोलन गर्नसमेत नसकेर गुडुल्किएको अवस्थामा पुगेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper