banner
banner

सिखमाथि आशंका बढ्यो

काठमाडौं । नववर्षको दिन शिख गुरु खाल्साको जन्मजयन्ती मनाउने क्रममा गृहमन्त्री रामवहादुर थापाले सिखको पोल खोल्दै भनिदिए– जनयुद्धमा नेपालदेखि भारतसम्मका सिखहरुले माओवादीलाई सेल्टर दिएकोमा धन्यवाद दिएका छन् । उनले धन्यवाद दिनु जायज होला तर नेपाल र भारतमा समेत सिख समुदायप्रति आतंककारी गतिविधिमा संलग्न भएको जुन दाग लागेको छ, त्यसमा सिख समुदायले यो सरकारप्रति निकै चित्त दुखाएको छ ।
यतिबेला भारतीय राजदूत पनि सिख समुदायकै छन् : मञ्जिव सिंह पुरी । उनीमाथिसमेत आँच आउने गरी गृहमन्त्रीले बोलिदिदा भारतमा चर्केको र नेपालमा संक्रमणकालीन न्याय व्यवस्थापन भइनसकेको स्थितिमा सिख समुदाय नेपाल भारत दुबैतिर शंकाको घेरामा पर्न पुगेका छन् । यसैले सिख छटपटाएका हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper