banner
banner

चार वाम जिल्लाराम

काठमाडौं । मोहन बैद्य, विप्लव, मोहन विक्रम सिंह र ऋषि कट्टेलले संयुक्त वक्तव्य प्रकाशित गरेर प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सडक आन्दोलन गर्नेसम्मका विरोध गर्ने तैयारी गरिरहेका थिए । उता प्रम ओली ३ दिने भ्रमण सकेर फर्किए । तर अरुण तेश्रोको शिलान्यास गर्ने जुन हल्ला थियो, त्यो हल्लामै सिमित रहेपछि यी चार वाम जिल्लाराम हुन पुगेका छन् ।
भारतसँग राष्ट्रघात हुने खालका कुनै सन्धि सम्झौता नगर्न खबरदारी गरिरहेका यी चारै वामले विरोधको पूर्ण तैयारी गर्दागर्दै अरुण तेश्रोको कुरा उठान नै भएन, यिनको सडक तताउने र ओलीको खोइरो खन्ने तैयारी तुहिन पुगेको छ । ओलीले केही गरिहाल्लान कि भनेर साथै गएका माओवादी मन्त्री मातृकाले समेत केही नभएको रिपोर्ट दिएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper