banner
banner

पहिले नक्कली अहिलेसक्कली डाक्टर

काठमाडौं । केही वर्ष अघि काठमाडौंमै मदन कृष्ण र हरिवंशसँगै बेलायतको ग्रिनफोर्ड युनिभर्सिटीबाट डाक्टर उपाधि लिएका ओलीको त्यो उपाधि नक्कली ठहर भएको भए पनि चैत २५ गते भारतको गोविन्द बल्लभ पन्त विश्वविद्यालयबाट पाएको डाक्टर अफ साइन्सको उपाधि सक्कली हो र यही उपाधिका साथ उनको भारत भ्रमण सफल, सम्पन्न भएको छ ।
हुन त विज्ञान तथा प्रविधिमा खोज गर्नेलाई दिने उपाधि हो यो तर भारतले राजनीतिज्ञ ओलीलाई यो उपाधि दिएर नेपाली विद्यार्थीलाई आकर्षण र
र सर्वशक्तिमान प्रधानमन्त्री केपी ओलीलाई खुश बनाएको छ । यो खुशीको मूल्य कुन रुपमा चुकाउनु पर्ने हो, त्यसको अहिले नै आँकलन गर्न नसकिएला तर दिल्लीबाट फर्केपछि प्रधानमन्त्री डाक्टर केपी ओलीको बडी ल्याङ्वेज बदलिएको देखियो ।
प्रम डा.ओलीले पत्रकारहरुलाई दिल्ली भ्रमणको उपलव्धि गिनाए । सम्बन्ध उचाइमा पुगेकोमा गर्व देखाए । उनकै शव्दमा–  नेपाल(भारत सम्बन्ध कस्तो भयो? भन्नुहोला, अब भारतसँगको सम्बन्ध बिगारेन भने सधैंका लागि राम्रै हुँदै जान्छ । सम्बन्धहरुलाई अब बिगार्नु हुँदैन, त्यसकारण सकारात्मक ढंगले पारस्परिक लाभका आधारमा पारस्परिक सम्मानका आधारमा सम्बन्ध अगाडि बढ्छ । हाम्रो भ्रमण कुनै बनावटी, देखावटी कुराहरुमा होइन, यथार्थमा उपलब्धिपूर्ण ढंगले अगाडि बढ्यो, पन्चेश्वर परियोजनाको सन्दर्भमा टनकपुरमा १.३ किमी नहर नबन्दा परेको समस्याका बारेमा हामीले ध्यान आकर्षित गरेका छौं । भारतले नेपालको लोकतान्त्रिक प्रक्रिया, जनताको अभिमतलाई स्वागत गरेको छ ।
डा. ओलीले भारतसँग नयाँ सहमति भएको भन्दै काठमाडौं–रक्सौल रेलवे, इनल्याण्ड वाटरवे, कृषि साझेदारीका विषयमा भएका सम्झौताहरु भएका छन् भने । पुराना समस्याहरु, सीमा सम्बन्धी विवाद, डुबानका समस्याहरु समेत हामीले गम्भिरताका साथ कुरा उठाएका छौं त भने भारतले के जवाफ दियो, खुलाएनन् । नेपाली ग्यास बुलेटले ग्यास बोक्न पाउने नपाउने बारे आशामात्र जगाए । हवाई मार्गको हल्ला थियो, यसमा ओली मौन रहे अर्थात भारतले नमानेको संकेत पाइयो । नेपालमा रहेको भारु के हुन्छ ? यसको कुनै जवाफ लिएर फर्केनन् ओली । तैपनि भ्रमण सफल भनिरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper