banner
banner

निजगढ एयरपोर्ट यस्तो बन्नेभो

काठमाडौं । प्रधानमन्त्री केपी ओली भारत जानुअघि महत्वपूर्ण निर्णय गरेर गएका थिए । भारतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दबाब दिइरहेको बेलामा प्रधानमन्त्रीको आदेशमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले ७ वर्ष अघि कोरियाली कम्पनीले गरेको अध्ययन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ । त्यो प्रतिवेदनअनुसार निजगड एयरपोर्ट यस्तो बन्नेछ ।
निजगढ दोस्रो अन्तर्रार्िष्ट्रय विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लू)बाट खरिद गर्ने भएको छ । भारतकै दबाबमा एलएमडब्लूले सन २०११ मा तैयार गरेको डीपीआर खरिद गर्ने कि नगर्ने विवाद कायम रहेको थियो । त्यतिबेला भएको सम्झौतामा डीपीआर तयारपछि निर्माणको जिम्मेवारी कोरियन कम्पनीलाई नै दिए डीपीआरको लागत शुल्क निशुल्क गर्ने सहमति पनि थियो । अव त्यो डीपीआरको सहमतिअनुसारको लागत ३५.५ मिलियन डलर नेपालले तिरेर खरिद गर्ने कि कोरियासँग सहयोगमा लिने भन्ने निर्णयमा पहल सुरु भएको छ ।
यो एयरपोर्ट निर्माण गर्न ६ खर्ब ७० अर्ब लाग्ने अनुमान छ । ३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ । उक्त धावनमार्गमा हाल विश्वबजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरू उडान अवतरण गर्न सक्नेछन् । यो एयरपोर्ट निर्माण भएमा काठमाडौं आइपुग्न लागेका जहाजहरु कुनै कारणले भारततिर डाइभर्ट गर्नुपर्ने छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper