banner
banner

खस आर्य भनेर देशको जरा काटिदैछ

पदम हमाल -
खसआर्यलाई आरक्षणबाट बन्चित गरिनुपर्छ भन्ने आवाज युरोपियन युनियनले उठायो । नेपालमा खस आर्य भनेको के हो, यसको महत्व कति छ ? यसबारेमा इतिहासविदहरुले बोल्नुपर्ने हो, नागरिक समाजले मुख खोल्नुपर्ने हो, छैन कोही बोलेका छैनन् । सबैले यो बिबादलाई हेरिरहेका छन्, सुनिरहेका छन् ।
जनयुद्धका नाममा नेपाल निर्माताको सालिक काटियो, १० वर्षे जनयुद्धका बेलामा धर्म, संष्कृतिको बिनास नै पारियो, पुरातात्विक महत्वका बस्तु र राष्ट्रिय गौरवका संरचनाहरु पनि भत्काइयो । जनयुद्ध सफल हुनासाथ पहिले हिन्दुधर्म काटियो । अव गाई काट्न पाउनुपर्ने र खस आर्यलाई बाहेक गर्नुपर्ने बिबाद उठाइएको छ । यति हुँदा पनि बुद्धिजीवीहरुले बोलेका छैनन् ।
गाई राष्ट्रिय जनावर हो । संविधानमा उल्लेखित छ यो । त्यही संविधान मानेर संसद पुगेका, संविधानलाई उत्कृष्ठ भन्नेहरुले गाई काट्न पाउनुपर्ने मुद्दा उठिसक्दा पनि नबोल्नु विदेशीले कसरी दिमाग चाटिसकेछ भन्न सकिने अवस्था आयो ।
यसैवीच ओली सरकारले सार्वजनिक बिदा कटौति गरेको छ । नेपाल निर्मात पृथ्वी जयन्तीको बिदा सुरु के भएको मात्र थियो, फेरि काटियो । सांस्कृतिक पहिचान र राष्ट्रिय पहिचान काटिएको हो यो । अव नेपालवादीहरुको टाउको काटिन सक्छ । अव पनि नेपाली एकता र सार्वभौमिकताबादीहरु ब्यूँझेनन् भने पहिचान गुमाउने अवस्थामा पुग्नेछन् । किनभने नेपालको पहिचान भनेकै खस आर्य रहेछन् । यिनैको नेतृत्वमा नेपालको निर्माण गरेको वीर गाथा रहेछ । देश निर्माण गर्ने खस आर्यले राष्ट्रिय पहिचान र एकताका लागि फेरि केही गर्ने बेला आयो । देशको लागि केही जाग्ने बेला आयो । होइन भने विदेशी चलखेल र तिनको इसारामा उठबस गनेृहरुले नेपाल सिध्याउने भए ।
खस आर्य नेपालका लागि ब्याक बोन नै रहेछन् । खस आर्यलाई माइनस गर्नु, किनारा लगाउनु भनेको ढाडको हाड भाँचिदिनु रहेछ । नेपालको ढाडको हाड भाँचिदिएपछि नेपालमा जातीय, धार्मिक दङ्गा गराउन सजिलो हुने, नेपाललाई बहुल राष्ट्रवादको नाममा टुक्य्राउन सहज हुने विदेशीहरुको सोच रहेकोछ ।
यसैले निर्वाचन सम्पन्न भइसकेपछि यसैको अनुगमन रिपोर्टका नाममा ईयूले खस आर्यलाई आरक्षणबाट अलग गर्नुपर्ने ताइ न तुईको विवाद झिकेको छ भने त्यसैलाई मलजल हुनेगरी सरकारले सांस्कृतिक विदाहरु कटौती गरेको छ ।
निश्चय नै काम बढी गर्नुपर्छ । बिदा घटाउनुपर्छ । योभन्दा महत्वपूर्ण सवाल कर्मचारी बर्गमा सेवाग्राहीलाई सहज सेवा दिनुपर्छ, यो मेरो कर्तव्य हो भन्ने भावना जगाउन सक्नुपर्छ । कर्मचारीको मानसिकता नै सेवाग्राहीबाट घूस लिएर, कमिशन खाएर सेवा दिने रहेको छ भने कसरी काम बढी हुनसक्छ ? बिदा कटौतीमात्र सुशासन र प्रभावकारी प्रशासनको प्रत्याभूति होइन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper