banner
banner

यस्तो राज्यसत्ता मान्दैनौं

काठमाडौं । विप्लव त अर्को जनयुद्धको शक्ति जगेर्ना गरिरहेकै छन्, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलेसमेत एमाले–माओवादीको एकीकरणलाई दक्षिणपन्थी मेल भनेर डाम्दै हामी यस्तो राज्यसत्ता मान्दैनौं, जनसरकारलाई अघि बढाउनै पर्छ ।
यता एमाले र माओवादी केन्द्रवीच एकीकरणको अन्तिम तैयार चलिरहेको छ भने उता वैद्य र विप्लवसमेत एकीकृत जनयुद्धको पक्षमा बैठकपछि बैठक गरिरहेका छन् । साना वाम घटकहरु एक भए भने माओवादी र एमालेको एकीकरणलाई कोरा साबित गर्न सक्छन् । एउटा दह्रो मार्ग लिनसक्छन् ।
मोहन वैद्यले ओली प्रचण्ड समूहको एकतालाई न वामपन्थी, न कम्युनिष्ट एकता, यो त दक्षिणपन्थीहरुको मेलमात्र भनेर गिज्याएका छन् ।
हामीलाई औंलो ठढ्याउने प्रचण्डसँग हैसियत नै नभएको भन्ने मोहन वैद्यले त प्रचण्डलाई कम्युनिष्टको मूलधार नै होइनन् भनिदिएका छन् । त्यो त संसदवादी धार हो, अवसरवादी धार हो भन्दै उनले संसदवादमा दुई धार छन्, एउटा कांग्रेसी, अर्को एमाले । एमाले धारमा माओवादी केन्द्र मिसिएको मात्र हो ।
बैद्यको भनाई यस्तो छ– हामीले चलाएको बहस अलग हो, माओवादी र एमालेको अलग । नेपाली कम्युनिष्ट आन्दोलनमा एकीकरण र ध्रुवीकरणको बहस हो यो । यो बहसले क्रान्तिकारीहरू एकातिर र अवसरवादीहरू अर्कोर्ितर हुने अभियान हो । ध्रुवीकरणले एकतालाई सम्बोधन गर्न सक्दैन । यसले फुटलाई मात्र सम्बोधन गर्छ । हामीले क्रान्तिकारीहरूबीचको एकतामा जोड दिएका छौं । यो एकता हुँदै गर्दा दक्षिणपन्थीहरू र अवसरवादीहरू आफै ध्रुवीकृत हुन्छन् । उहाँहरू दक्षिणपन्थीहरू (नेकपा एमाले र माओवादी केन्द्र) बीचको एकीकरण प्रकृया अन्तिममा पुग्यो भन्नु भएको छ । हामी छलफलकै क्रममा छौं । हामीले क्रान्तिकारीकाबीचमा एकता गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौं । चरणवद्धरूपमा छलफल भइरहेको छ । हाम्रा सैद्धान्तिक राजनीतिक विषयहरूमा अलि छलफल र बहसहरू हुन बाँकी छ । हाम्रो प्रकृया सुरू भएको छ ।
मोहन वैद्यका अनुसार मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेकपाबीच एकताको, यसमा हामीले छलफल चलाईरहेका छौं । हामी छलफलकै क्रममा छौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper