banner
banner

ओलीजी दिल्लीको बासीभात खाएरमात्र नआउनु

रोशन कार्की -
प्रधानमन्त्री केपी ओली तीन दिनका लागि चैत २३ मा भारत जाने र समकक्षी भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने बताइएको छ । यो भ्रमणको सिलसिला मिलाउन अर्थमन्त्री युवराज खतिवडा र वाणिज्य मन्त्री यादवले दिल्ली पुगेर चाँजो मिलाएको बताइन्छ । साथै विजय जोली, जो भाजपाका नेता थिए, उनले समेत नेपाल आएर ओलीको नेतृत्वमा नेपालले काँचुली फेर्ने, नेपाललाई भारत सहयोग गर्न चाहन्छ भनेर फूलवर्षा नै गरेका थिए ।
जाउन्, हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा जाउन् । दिल्लीको बासमती चामलको बासीभात मात्र खाएर नआउन् । सीमाका समस्या छन्, सीमामा नेपाली लुटिने क्रम जारी छ । नेपालको निर्यातमा बाधा हालेर आयातमुखी बन्दा ९ खर्ब व्यापार घाटा भइसक्यो, नेपालमा बढ्दो भारतीय हस्तक्षेप न्यूनिकरण गर्न र इपीजी अर्थात प्रवुद्ध समूहले तैयार गर्ने १९५० को सन्धि खारेजी र समायानुकूल नयाँ सन्धिका लागि समेत मोदीसँग यही बेला खस्रो मसिनु कुरा गरेर देशको हितमा उभिन जरुरी छ ।
ओली नेपालका सर्वशक्तिमान प्रधानमन्त्री हुन् । ओलीले बिर्सनै नहुने कुरा उनी आफले भनेका छन्– मेरो जीवन नाफाको जीवन हो । ओलीले आफ्नो नाफाको जीवनबाट देशलाई, आमनागरिकलाई गुण लगाउन् । यही मौका हो, भारत सरकार, भारतका नीतिकारलाई नेपालको महत्व, नेपालको माँग बुझाउने र मित्रताको नयाँ कडी निर्माण गरेर आउने ? हेक्का रहोस् ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper