banner
banner

२ वर्षमा रेल कुद्छ, जहाज चल्छ

गोविन्दप्रसाद पौडेल -
प्रधानमन्त्री केपी ओलीले फेरि पनि भनेका छन्– २ वर्षमा रेल कुद्छ, नेपालको पानीजहाजले मान्छे ओसार्न थाल्छ । हो, पानीजहाज किन्यो भने चल्न सक्छ, तर रेल कुद्ने कुरा हावादारी गफ हो, यस्ता गफले ओलीको शीर झुक्छ, उठ्दैन । किनभने ५ वर्ष भो सडक सुधारमा लागेको, धुलो र धुवा अहिले पनि कुहिरो बनेर राजधानीवासीको फोक्सो कालो पारिरहेको छ । जनतालाई अनेकानेक रोगले ग्रसित पारेको छ, सरकारले जिम्मा लिएन ।
फागुन ९ गते ओलीले २ वर्षमा रेल कुद्छ भन्नु गलत हो, किनभने उनी आफै प्रधानमन्त्री थिए २०७२ असार २५ देखि २०७३ साउन १९ सम्म । उनी आफैले बुङ्मतीमा पुगेर भूकम्प पुनर्निमाणको शिलान्यास गरे, तुइनमुक्त पारिने घोषणा पनि गरे, खोई पात पनि हल्लिएन । यसरी ठूला गफ गरेर सपना बाँड्न सकिन्छ, स्वर्ग बनाउन सकिन्न ओलीजी ।
सपना देख्नुपर्छ, गर्नेले देख्ने हो । ओलीजीले गर्न चाहे अव काम गर्ने अवसर चाहिं छ । तर २०११ मा आउने भनिएको मेलम्ची आएको छैन । गतवर्ष, दशैं, फागुनमा आउनेभनेको मेलम्चीको पानी आगामी दशैंमा आउँदैछ भन्ने यही सरकार हो । अनि कसरी पत्याउने २ वर्षमा नेपालमा चुच्चे रेल चल्छ भन्ने ओलीको भाषणलाई ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper