banner
banner

अव साँच्चैको नाकावन्दी हुन्छ

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब साँच्चैको नाकाबन्दी हुने बताएका छन् । पहिले सीमासम्म पुगेर धर्ना बस्न बाध्य हुनुपरेको थियो, हामीहरूको भावना विपरीत संविधान जारी भएपछि हामी सीमामा धर्ना दिन बाध्य भएका थियौं । तर अबचाहिं साँच्चैको नाकाबन्दी हुने अवस्था आउँदै छ । शान्ति, स्थिरता र विकासका विषयमा आयोजित वृहत नागरिक परामर्श कार्यक्रममा यादवले उपरोक्त विचार व्यक्त हुन् । संविधान संशोधन र सरकारमा सहभागी हुन नपाएपछि यादव
 आक्रोसित छन् । राजनीतिक लाभका लागि उपेन्द्र यादवले फेरि नाकावन्दीको कुरा किन उठाएका हुन् ? कतै भारतकै इसारमा उनले साँच्चैको नाकावन्दीको कुरा उठाएका त होइनन् ? कि आकाशवाणी बोलेर प्रधानमन्त्री स्तरमा कुनै भित्री लेनदेनको चाँजो मिलाइदिएका हुन् ? किनभने सतहमा नेपाल भारत सम्बन्ध सुधारका प्रयत्न भइरहेका छन्, १९५० को सन्धि खारेज गरेर अर्को सन्धि गर्न इपीएसको बेठक भइरहेका छन्, यादव नाकावन्दीको कुरा झिक्छन्, किन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper