banner
banner

म जोगीजस्तै सिपाही हुँ

काठमाडौं । लामो समयमा एउटा सिपाही सिपाहीजस्तै लाग्छ, जो जनताको करको नमक खान्छ र नमकको सोझो गर्छु भनेर ठाडै स्वीकार गर्छ । त्यस्तै हरफनमौला प्रहरी यतिबेला राजधानीको सुरक्षामा खटिएका छन्, उनको नाम, एसएसपी विश्वराज पोखरेल ।
उनले मातहतका सुरक्षाकर्मी र सेवाग्राही सबैले सुन्नेगरी भनेका छन्– म घूस खान्न, दायाँबायाँ गर्नेलाई छाड्दिन, म सेवामा रहुन्जेल जोगीजस्तै हुँ । काम नगर्ने, सेटिङ मिलाएर सेवाग्राहीसँग खाने, अपराध बढाउनेले मसँग माफीको आशा नगर्नु ।
महानगरीय प्रहरी परिसर काठमाण्डौंका यी सिपाहीले नातावाद, कृपावाद, भनसुनवाद नचल्ने जानकारी पनि सार्वजनिक गरेका छन् । यी सार्वजनिक सुनवाई कार्यक्रममा गइरहेका छन्, जनतासँग सिधा कुरा गरिरहेका छन् र जनताले चाहेजस्तो काम गर्छु भनेर प्रतिवद्धता पनि जनाइरहेका छन् । ( हेर्नुस् थप समाचार पृष्ठ ७ मा पनि )
यी सिपाही भन्छन्– मलाई जनताले चिन्ने हो, अपराधीले चिनेको छु भन्न सक्दैन, म अपराधीको दुश्मन हुँ । मैले थाहा पाएको अपराधी पक्राउ पर्छ, कानुनी कारवाही हुन्छ । जनताले सिधै मलाई सम्पर्क गर्दा हुन्छ, तत्काल म सेवामा हाजिर हुन्छु, प्रहरी जनताको हो । चन्दा, गुण्डागर्दी, ठगी, डनवाद मेरो कार्यकालमा चल्दैन, चल्न दिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper