banner
banner

अमेरिकाले थप सहयोग गर्नेभो

काठमाडौं । यद्यपि परराष्ट्रको स्वीकृति नै नलिई भारत र अमेरिकी राजदूतले मन्त्री, पार्टी नेता भेट्ने, विभिन्न क्षेत्रमा जानकारी नै नदिई भ्रमण गर्ने गरिरहेका छन् र यो सबै क्रियाकलाप राष्ट्र कमजोर भएको र नीति लागू नभएको भनेर आलोचना भइरहेको छ ।
तथापि अमेरिकी राजदूत एलाइना बी टेपलिजले रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर अमेरिकाले बाँध, जलविद्युत् र इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग गर्ने विषयमा जानकारी गराएकी छिन् । नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरिन् ।
रक्षा मन्त्री पोखरेलले नेपाल शान्ति, सुशासन र समुन्नतिको मार्गमा अघि बढेकोले अमेरिकाको निरन्तर सहयोग अपेक्षित रहेको बताउँदै सरकारले मित्रराष्ट्र अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास र बिस्तार गर्न चाहेको स्पष्ट गरे । राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमा नै अनुकरणीय भएको र वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गरेर नेपालको राजनीति स्थिर हुनेमा आफू आशावादी रहेको बताइन् । उनले नेपाली सेनाले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडितको उद्धार गर्ने र संयुक्त राष्ट्रसंघ मातहत रहेर शान्ति कायम राख्ने कुरामा पुर्‍यााएको योगदानको सराहना पनि गरिन् । उनले नेपाल–अमेरिकाबीच परस्पर सैनक तालीमका माध्यमबाट दुवै देशको सैनिकको क्षमता अभिवृद्धि भएको बताउँदै नेपालमा बाँध, जलविद्युत् र अन्य इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरी क्षमता अभिवृद्धिम सघाउने बताइन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper