banner
banner

यस्ता पनि उपराष्ट्रपति बनेछन् ?

वाशुदेव वाग्ले -
नेपाल मगन्ते राष्ट्र हो भनेर पूर्वउपराष्ट्रपति परमानन्द झाले अन्तर्वार्ता दिएपछि हामीले कस्तालाई उपराष्ट्रपति बनाएछौं, बनाउनेहरु समेत आश्चर्यमा छन् ।
यद्यपि यिनी पहिले सर्वोच्चका न्यायाधीश थिए । पैसाका लागि फैसला गर्दा गलत फैसला गरेकाले यिनलाई चरेसानन्द झा भनेर आलोचना पनि गरियो । कारण चरेश मुद्धाका योजनाकार, व्यापारीको पक्षमा यिनले फैसला गरेका थिए । तैपनि यिनलाई राजनीतिक स्वार्थ सिद्धिका लागि मधेसको भनेर अवसर दिइएको थियो । पहिलोपल्ट यिनले नांगो टाउको र धोती लगाएर सपथ गरेका कारण आलोचित बने, पछि दोहोर्‍याएर यिनले सपथ खाएपछि मात्र पदमा आसिन गराइएको थियो ,
अहिले आएर आफ्नो गौरवशाली देशलाई मगन्ते देश भनेर यिनले राष्ट्रको बदनाम गरेका छन् । भारतको दरभंगा पुगेर यिनले दैनिक जागरण पत्रिकामा अन्तर्वार्ता दिएर राष्ट्रकै बदनामी गरेका हुन् । यिनलाई कुनै पछुतो छैन, अहिले पनि मैले जे भने सही भने, सही कुरा बोल्दा किन मेरो आलोचना भनेका छन् ।
राजनीतिक दलहरुले यिनको बोलीप्रति कुनै प्रतिक्रिया दिएका छैनन्, किन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper