banner
banner

अमेरिकाको मैत्री हात थाम्नु जाति

गोविन्दप्रसाद पौडेल -
अमेरिकी महामहिम राजदूत अलाइना बी टेप्लिजले प्रधानमन्त्री निवासमै पुगेर भेटवार्तामात्र गरिनन्, अमेरिकी राष्ट्रपतिको शुभकामना सन्देश दिइन् र अमेरिका ओली सरकारसँग सहकार्य गर्न तैयार रहेको स्पष्ट जानकारी समेत दिइन् । 
अमेरिही राष्ट्रपतिले निर्वाचनपश्चात बलियो सरकार बनेकोमा बधाई दिदै नेपाल समावेशी लोकतान्त्रिक शासनतर्फ अघि बढेको बलियो प्रमाण देखिएको समेत उल्लेख गरेका छन् ।
ज्ञाताहरु अमेरिकी बधाई सन्देश र सहकार्यको स्वीकृतिमा गुढार्थ लुकेको पनि चर्चा गर्छन् । कारण यो वामपन्थी मोर्चाको सरकार भएकाले कतै निरंकूशतातिर उन्मुख नहोस् भन्ने अमेरिकी चासो पनि बधाई सन्देशमा लुकेको उनीहरुको तर्क रहेको छ । अव नेपालले अमेरिकासँगको सम्बन्ध बिस्तार र सम्बन्ध कसरी उचाइमा पुर्‍याउने भन्ने जिम्मेवारी बोध गर्नुमा सम्बन्ध र सहकार्य अन्तरनिहित हुने छ । अमेरिकी सन्देशमा स्पष्ट रुपमा ‘स्थिरता, सुशासन, भ्रष्टाचारविरुद्ध लड्ने अठोट र दिगो र्आिर्थक विकासका लागि लगानी मैत्री वातावरण निर्माण गर्ने तथा रोजगारी सिर्जना गर्ने लक्ष्यको हामी स्वागत गर्छौं’ भनिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper