banner
banner

न्यायालयका बेइमानहरुलाई ठीक पारिने

काठमाडौं । म च्यालेन्ज गर्छु, कसैले मेरो नेतृत्वको सरकार भ्रष्टाचारी हो भनेर औंला ठड्याउन पाउने छैन । भ्रष्टाचारमुक्त बनाउने नै मेरो प्रतिवद्धता हो । यस अघि उनले स्वच्छ न्याय हुनैपर्छ भनेर न्यायालयभित्रका बिकृति र बिसंगति सुधार हुनुपर्ने आवाज उठाएका थिए ।
यही सिलसिलामा परासी पुगेका सत्ता साझेदार प्रचण्डले भनेका छन्– न्यायालयका बेइमानहरुलाई ठीक पार्ने दिन आयो । प्रचण्डले खुलासा गरे– न्यायालयका भ्रष्टाचारी, कर्मचारी र सुरक्षा निकायमा बेथिति निम्त्याउनेलाई महाभियोग लगाएर सुशासन कायम गर्ने नेतृत्ववीच सहमति बनेको छ । केपी ओली र मलाई राष्ट्रको विकास र सुशासन बाहेक कुनै लोभ छैन, न्यायालयको बेथिति नहटाए जनताले हामीलाइ नै सजाय दिनेछ । हामी प्रतिवद्धता पूरा गरेरै छाड्छौं । छाड्छौं ।
उता प्रचण्ड यसो भन्दै थिए, यता प्रधानमन्त्री केपी ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताए । आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ । न्यायाधीशको जन्ममिति, डाक्टर, सांसदको जन्ममिति, धन्न म एकदिनमात्र जन्मेको थिएँ । २००८ फागुन ११ गते ।
शक्तिशाली यी दुई नेता सुशासन र सम्पन्नताका लागि कम्मर कसेको देखेर र न्याय प्रशासनदेखि न्यायाधीशसम्मलाई ठीक पार्ने तरिकाले बोलेको देखेर न्यायाधीशहरुको सातो उडेको बताइदैछ । खासगरी प्रधानन्यायाधीश पदमा मृत्युघण्ट बजेको आवाज कानुनविदहरुले सुनेको बताए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper