banner
banner

जब भीष्मको प्रतिज्ञा टुट्यो

पदम हमाल -
भनिन्छ, प्रेम र युद्धमा सब जायज हुन्छ । यही जायज कम्युनिष्टमा पनि हुनपुगेको छ । श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउन कम्युनिष्टका भीष्म पितामह पाँचतारे होटलमा पनि पुगेका छन् । पटक पटक केपी ओली र प्रचण्डलाई पनि भेटेका छन् । कुरोको चुरो एउटै रहेछ, उनकी श्रीमतीलाई मन्त्री बनाउनु ।
सत्ता र शक्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने विश्वासमा भूमिगत र अर्धभूमिगत जीवन बिताउँदै आएका बृद्ध कम्युनिष्ट भीष्मपितामह मोहनविक्रम सिंहको कम्युनिजमको सपना यतिखेर चकनाचूर हुनपुगेको छ ।
हुन त नारी हठका सामु विश्वामित्रको तपस्या टुट्यो, इन्द्रको इन्द्राशन डगमगायो, यी आदरणीय नेता त मान्छे न हुन् । जो यौनका लागि शिक्षा लिन आएकी युवतीलाई श्रीमती बनाउन सक्छन्, मन मिल्छ र जीवन सुखमय बनाइरहेका छन्, श्रीमतीको सुखका लागि मन्त्रीको अनुनय गर्नु कुन ठूलो कुरा भो र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper