banner
banner

अदालतलाई बुढाबुढीको धन्यवाद

गोविन्दप्रसाद पौडेल -
सर्वोच्च अदालतले ६० वर्ष पुगेका नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा ५० प्रतिशत छुट दिनु भनेर सरकारका नाममा आदेश दिएको छ । असी वर्ष पुगेका बृद्ध नित्यानन्द पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । यद्यपि यातायातमा ५० प्रतिशत छुटको व्यवस्था थियो तर यातायात व्यवसायीले त्यसलाई पूर्ण रुपमा लागू गरेका थिएनन्, सरकारसँग विवाद गरिरहेका थिए ।
अदालतले मन्त्रिपरिषद, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाल यातायात व्यवसायी महासंघलगायतका १० सम्बद्ध निकायका नाममा आदेश जारी गरेको हो ।
अदालतले नै अदोश दिएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । तर यो आदेश पालना गराउने सरकारले हो, सरकारले पालना गराउने संशय छ । अदालतले यस्ता लोककल्याणकारी अनेक आदेश दिनेगरेको छ तर कार्यान्वयनमा आउने गरेको छैन । खासगरी स्वास्थ्योपचारमा ५० प्रतिशत छुट दिनुपर्ने बाध्यकारी यो फैसलाले जेष्ठ नागरिकहरु खुशी भएका देखिएका छत् । यी सुविधा प्राप्तिका लागि जेष्ठ नागरिकहरुले सडकमै धर्ना दिएर लामो संघर्ष गरेका थिए, संघर्षकै दौरानमा दर्जनौं जेष्ठ नागरिकहरुको मृत्युसमेत भइसकेको छ । 
अव सर्वोच्चको आदेशलाई पालना गराउने जिम्मेवारी केपी ओली नेतृत्वको सरकारको हो । सुशासन र सम्पन्नताको लक्ष्य बोकेको ओली सरकारले जेष्ठ नागरिकहरुप्रतिको यो संवेदनशील आदश पालना गरिदियो भने जेष्ठ नागरिकहरुको आशीर्वाद सरकारले पाउनसक्नेछ छ । अन्यथा कानै चिरिएको हुनेछ  ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper