banner
banner

नेपाली प्रबुद्ध भारतीयको जालोमा

काठमाडौं । प्रबुद्ध समूहको सातौं बैठक नेपालमा सम्पन्न भयो । आठौं र कार्यकालको अन्तिम बैठक मार्चमा दिल्लीमा बस्ने तय भएको छ ।
यही बैठकमा १९५० को सन्धि र नेपाल भारत सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने दुबै मुलुकका प्रबुद्धले प्रस्ताव पेश गर्ने र एउटा टुंगोमा पुग्ने प्रचार भएको थियो । तर खोदा पहाड, निकला चुहा भनेझैं सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने विषयमा सहमति भएको खोक्रो र जाली कुरा गरेर यो बैठक सकिएको छ ।
बैठकमा आएका भारतीय प्रवुद्ध महेन्द्र पी लामाले नेपालमा भारतको मात्र किन कुरा हुन्छ भन्ने प्रश्न गरेर अन्तर्वार्तासमेत दिए भने भगतसिंह कोसियारीले ओली प्रधानमन्त्री हुनु शुभ हो भनेर कूटनीतिक व्यङ्ग हाने ।
सवाल १९५० को सन्धि खारेज हुन्छ कि हुन्न, समयानुकूल अर्को सन्धि गर्ने कि नगर्ने, सीमा लगायतका सबै समस्याहरुमा के के गर्ने ? यस मामिलामा अझै यो प्रवुद्ध समूह निष्कर्षमा पुगेको छैन । नेपाली प्रवुद्ध समूह भारतीयको जालोमा फसेको संशय नागरिक समाजमा फैलिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper