banner
banner

बल्ल ज्यूँदो प्रहरी देखियो

काठमाडौं । राजधानीको सुरक्षा प्रवन्ध मिलाउन भनेर भर्खर खटिएका विश्वराज पोखरेलले सिधै राजधानीवासीलाई आह्वान गरेका छन्– प्रहरीलाई गाली गर्ने होइन, सिधै उजुरी गर्नोस्, कारवाही हुन्छ, ढुक्क हुनोस् ।
कुन नाकाबाट के छिर्छ, भाडामा कोको बस्छ, अपराधिक काममा लागेको छ, गुण्डागर्दी, अपहरण, ठगी, मानव बेचबिखन के के छन् गुनासो, कुन प्रहरीले जनतालाई दु:ख दिए भन्नोस्, म ठिक पार्छु, यसै भनेका छन् यी 
एसएसपीले । म सत्य सेवा सुरक्षम् प्रति प्रतिवद्ध छु,, प्रहरीप्रति गुनासो गर्ने होइन, सिधा आउनोस्, उजुरी गर्नोस्, प्रहरी तपाईको सेवामा आएन, सेवाग्राहीलाई दु:ख दियो भने अनि गुनासो गर्नोस् । यसरी सिधा जनताको कुरा बोल्ने प्रहरी देख्दा धेरैले भनेका छन्– बल्ल जिउँदो प्रहरी निस्किए ।
यिनले भनेका छन्– टोले गुण्डा ,डन, अपाराधिक गुटहरु निगरानीमा छन्, घुस्याह प्रहरीको समेत अनुगमन भइरहेको छ । यिनले राजधानीका वडा प्रहरी बृत्तहरुलाई सचेत बनाएर सुरक्षा घेरा मजबुत पार्ने कार्यको थालनी गरेको अनुभव धेरैले गरेका छन् ।
अपराधमा शून्य सहनशीलता अपनाउ, यिनको कडा निर्देशन छ । प्रहरी इमान्दार र भ्रष्टाचार मुक्त नभए समाज र जनताले परिर्वतनको अनुभूति गर्न सक्दैनन्, प्रहरीको साख गिर्दैजान्छ भन्छन् यिनी । यिनले सिधै सकल दर्जाले सुन्ने गरी भनेका छन्– जुन प्रहरी मिलोमतो, सेटिङ, लोभमा फस्छ र जनतलाई दु:ख दिन्छ, उसको वर्दी सुरक्षित छैन भन्ठाने हुन्छ । यी हरफन मौलाह प्रहरीजस्ता देखिन्छन्, यिनलाई राजनीतिक अधर्मीहरुले प्रभावमा पारे भने राष्ट्रलाई नोक्सानै हुनेछ । सच्चा प्रहरी जो आजको खाँचो छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper