banner
banner

चाकरीको गज्जवको नमूना

सहदेव सिग्देल -
सरकारी पैसाले यसरी चाकरी गर्नु पो गर्नु ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी युवराज भुसालले यसरी केपी अ‍ोली प्रधानमन्त्री भएकोमा रंगीन हार्दिक शुभकामना छपाएर रेकर्ड नै राखेका छन् । भूकम्पपीडितको पैसामा यस्तो रमाइलो ?
उनी कांग्रेसी हुन् । कांग्रेसी नेता रामचन्द्र पौडेलले हारगुहार गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सम्धि भुसाललाई ६ खर्ब हालीमुहाली गर्ने त्यो पदमा आसिन गराएका हुन् । उनले माइवाप कांग्रेसीले चुनाव हारेको, सत्ता छाडेको स्थितिमा ओली प्रधानमन्त्री भएकोमा खुशीयाली प्रकट गरेर यसरी शुभकामना र कार्यकालको सफलताको कामना समेत गरेका हुन् । कसले पत्याउने उनको पवित्र शुभकामना हो भनेर ? दोग्ला चरित्रको पनि हद हुन्छ, युवराज भुसालले त हदै नाघे । उनको कामनाले ओली सरकारलाई लाभ होला कि हानी, त्यो अर्कै कुरा हो तर भूकम्पपीडितका लागि माखो नमार्ने कार्यकारीका कारण पीडितको दाना, खाना र नाना यसैगरी अपचलन भइरहेको छ । सम्पन्नता र सुशासनको प्रतिवद्धता जनाउने प्रधानमन्त्री केपी ओलीलाई यो चाकरीको शैली कस्तो लाग्यो कुन्नी ? यति हुँदा पनि प्रधानमन्त्री मौन हेरिरहेका छन्, के हो यो ?
प्रधानमन्त्रीलाई असफल पार्ने यो शैलीलाई जति छुट दियो, उति देशका लागि घातक हुन्छ भन्ने प्रधानमन्त्रीले बुझ्ने कहिले हो ? अन्यथा आउने दिनमा अरु पनि यस्ता भ्रष्टाचारका प्रकरणहरु दोहारिने छन्, जसले देश, सुशासन, सम्पन्नता र अनुशासनलाई पटक्कै फाइदा हुन्न ।
यतिमात्र होइन, अरु पनि हाकिमहरुले राज्यको सम्पत्ति यसैगरी दुरुपयोग गरेर शुभकामना दिने, फूलका बुकी बोकेर प्रधानमन्त्रीको चाकरी गर्न जाने निरन्तरता जारी छ । अव नियुक्त हुने मन्त्रीहरुालई शुभकामना दिने कार्य पनि यसैगरी बजेटको जुरुपयोग गरेर हुनेछ । प्रधानमन्त्री भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने गरेका छन्, यो चाकरी र चरित्र भ्रष्टाचार हो कि होइन, शून्य सहनशीलतामा पर्छ कि पर्दैन ?
यसरी पदको, बजेटको दुरुपयोग गर्नेमाथि अहिले नै झटारो हान्न सकिएन भने ओलीजी, यस्तो चरित्र झन झन बढेर जानेछ, जसले ओलीका सपनाहरु, शासन र सत्तालाई खिया लगाउने बाहेक केही गर्नेछैन, समझ मे आई बात ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper