banner
banner

भारतका नागरिक नेपालका सांसद ?

वाशुदेव वाग्ले -
सुरेशचन्द्र दास भारतीय हुन्, माओवादीले सांसद नै बनाएछ । यी अर्का व्यक्ति पनि भारतीय हुन्, भारतमा चुनाव हारेर नेपालका जनप्रतिनिधि बनेका छन् । यसरी भारतीय नागरिक नेपालका सांसद, जनप्रतिनिधि बन्न थालेपछि नेपालको स्वाधीनता र सार्वभौमिकता के हुन्छ ? माओवादी पार्टीले यस सम्बन्धमा जवाफ दिनुपर्ने कि नपर्ने ? जवाफदेही लिनै नपर्ने हो भने अराजकता फैलियो त ?
मधेसवादी पार्टीहरु मधेसीले नागरिकता पाएनन् भनिरहेका छन् र यस्ता पैसावाला भारतीयहरु धमाधम नेपाली नागरिकता किनिरहेका छन् । भारतमा अपराध गरेर नेपाल पस्ने र बस्ने धेरै भारतीयहरुले नेपाली नागरिकता किनेका छन् । यस्ता नयाँ नागरिकहरुका बारेमा सरकारले के गर्छ ? छानबिन र नयाँ नागरिकका नागरिकता खारेज गर्न सक्छ कि सक्दैन ? मुखले राष्ट्रबाद भनेरमात्र के गर्ने ? विधि र व्यवहारले राष्ट्रवादी देखिनु र प्रमाणित हुनुपर्छ, तव न राष्ट्रवादी । कि कसो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper