banner
banner

राष्ट्रपति नै चाहियो

काठमाडौं । राजपाका संयोजक महन्थ ठाकुरले राष्ट्रपति माँगेका छन् । केपी ओलीले उपराष्ट्रपति दिने पेसकस गरेको र उपेन्द्र यादवलाई रोज्जा मन्त्रालय दिएर सरकारमा सामेल हुन गरेको आग्रहको जवाफमा उपेन्द्र यादवले २ नम्बर प्रदेशमा मुख्यमन्त्री, केन्द्रमा परराष्ट्रमन्त्री खाने तर संविधान संशोधन गर्न सहमत हुनुपर्ने सर्त तेस्र्याएका छन् भने महन्थ ठाकुरले उप होइन, राष्ट्रपति नै माँगेको खबर छ ।
मधेस टुक्य्राइदिन्छु, एक नेपाल रहन्न भनेर कुर्लिने महन्थकै कारण २ नम्बर प्रदेशसभामा प्रदेश सभामा राष्ट्रिय पोसाक, टोपीलाई निषेध गर्ने व्यक्ति राष्ट्रपति भए भने चरेसानन्दको घटना दोहोरिने त होइन होला ? हुन त यी पुराना कांग्रेसी हुन्, जनआन्दोलनले यिनलाई मधेसको मसिहा बन्ने अवसर दिएको छ, तर वारिभन्दा पारीको गीत बढी गाउने महन्थले च्याँखे त थापेका छन्, ओलीको थर्कीमा महन्थको गोटी कुन खानामा बस्छ,अहिले नै भन्न सकिन्न । यद्यपि निर्वाचन आयोगले रिपोर्ट पेश गरेकाले सरकार ५ दिनभित्रै बन्ने सम्भाबना भने देखिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper