banner
banner

आफुलाई नुनपानी, भ्रष्टलाई सुनपानी

काठमाडौं । नेपालै हल्लिएको, संसद मै बहस चलेको र अनेकन छानबिनबाट भ्रष्टाचार भएको हो भन्ने ठहरलाई समेत नामञ्जुर गरेर हिजोसम्मका अख्तियार प्रमुख दीप बस्नेतले अवकाशमा जानु अघिसम्म पनि भ्रष्टलाई सुनपानी छर्कदै थिए ।
२०६६ सालमा भ्रष्टाचारमा मुछिएका पूर्व आइजीपी उपेन्द्र कान्त अर्यालको फाइल पहिलेकाले दबाए, यिनले तामेलीमै हालिदिए । आयल निगमका गोपाल खड्काको फाइल पनि तामेलीमा राख्ने पुरा बन्दोबस्त गरेर अवकाशमा गएका छन् । यद्यपि आन्तरिक राजस्वमा छँदादेखि नै यिनी पनि गोपाल खड्काका तेललगायतका अनेकन व्यापारका भित्री पार्टनर हुन् ।
डेढअर्वको भ्रष्टाचारमा गोपाल खड्का र अकुत सम्पत्तिमा अर्याललाई बचाउने दीपको दियो, कसलाई थाहा छ र भित्री कुरो के थियो ? अर्याललाई त उनको आम्दानीभन्दा १ करोड बचत भएको समेत प्रमाणित गरिदिएका छन् यी अख्तियारका प्रमुखजीले ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper