banner
banner

न्यायाधीशमाथि नै जनकारवाही

काठमाडौं । नेकपा माओवादी, विप्लव समूहले पर्वतबाट सुरु गरेको भण्डाफोर र जनजागरण अभियान राजधानीमा आइपुगेपछि निलम्बनमा परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मामो घर तोडफोडसम्ममा सिमित रहेन । अव बालकृष्ण ढुंगेलले जनयुद्धमा ज्यान मारेको अभियोगमा सर्वस्वसहित जन्मकैद फैसला गर्ने न्यायाधीश तपबहादुर मगर र ाजेन्द्र प्रसाद कोइरालामाथि जनकारवाही गर्ने र जनअदालतले जेल हाल्नेसम्मका आतंकपूर्ण प्रचार गरिएको छ ।
नेकपा पोलिटव्यूरो सदस्य ओमप्रकार पुनका अनुसार बालकृष्ण ढुङगेललाई जेल हाल्ने फैसला गर्ने सर्वोच्च अदालका भ्रष्ट न्यायाधीश तपबहाद’र मगर र राजेन्द्र प्रसाद कोईरालालाई एक दिन जनअदालतले जेल हाल्ने छ । कांग्रेसी वकिल दिनेश त्रिपाठीलाई जनकारबाही गरिनेछ जो आईएनजीओका डलरवादी हुन् । एकातिर सत्ताको प्रभाव, अर्कोतिर वाम आतंक, न्यायक्षेत्रको बिग्रेको स्वास्थ्य कसरी सुध्रेला ? सहज र स्वस्थ न्याय प्रणालीको जग बस्ला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper