banner
banner

म कहिलेसम्म कर तिरिरहने ?

Yubraj sangraula----

म बिहान ७.३० मा कलेज पुग्छु । म घरमा सुच्छु । यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो । म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छन् । उनी त्यसको पनि कर तिर्छन् ।
मैले बिहान खाएको पाउरोटीको पनि कर तिर्छु । बाँच्न कर तिर्नुपर्छ ।
म ६ घन्टा पढाउँछु । मेरो दिमाग र श्रम बापत म तलब पाउँछु । तर त्यसमा पनि कर लाग्छ ।
म गाडी किन्छु । । त्यसमा कर तिर्छु । प्रत्येक बर्ष कर तिर्छु । म पेट्रोल किन्छु त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसको पनि कर तिर्छु ।
म सन्तानलाई पढाए बापत कर तिर्छु ।
म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधि किन्छ त्यसमा पनि कर तिर्छु । म आँखाका लागि चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु । 
म जुत्ता किन्छु, त्यसमा कर तिर्छु ।
म सर्ट किन्छु, त्यसमा पनि कर तिर्छु ।
म कट्टु किन्छु त्यसमा पनि कर तिर्छु ।
म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु ।
म पानी पिउँछु, त्यसमा पनि कर तिर्छु ।
म जीवनका प्रत्येक पाइलामा कर तिर्छु । मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु । मृत्युबाट फर्किदा पनि कर तिर्छु । दुर्घटना हुन्छ । मेरो खुट्टा काटिन्छ, तर मसँग कर लिइन्छ । बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, म सँग कर उठाइन्छ । 
यो करबाट के किन्छ सरकार ?
१. मन्त्री र हाकिमलाई महँगो गाडी किन्छ ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ।
३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार । गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।
४. दलका कार्यकर्तालाई खर्च बाँड्छ ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५५ प्रतिशत घुस खान्छन् ।
६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ । टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छन् । तर जुम्लाका स्याउ भैसीले खादैंछन् । 
७. गरिबले सिटामल पाउँदैन । सुकुम्बासीको घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छन् । 
८. किन ?
 म यो देशको सन्तान हुँ । मेरो जिम्मेवारी छ यो देश जोगाउने । म नागरीक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने । तर मलाई शासन गर्छन् मेरा देशका नेता । मलाई शोषण गर्छन् मेरा नेता । 
मैले भर्खर एउटा सन्तान जन्माएँ । उसले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर, उस्लाई लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिरें । अब उसको नाम दर्ता गर्दा कर तिर्नुपर्छ । उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ । उसको बिबाह दर्ता गर्दा कर तिर्नुपर्छ । उसको नागरिकता लिँदा कर तिर्नुपर्छ ।
कहिले सम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ती गरिरहने ?
म तपाईलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नको जवाफ तपाई सँग छ ?
के चुनाब मेरो श्रममा लगाएको करबाट बाजी खेल्न खेलमात्र हो ? हरेक नागरिक सचेत हुन अवाश्यक छ । सोध्नुहोस प्रश्न ? लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस् । निराशा होइन चेतनाको खेती गरौं । (संग्रौलाको टाइमलाइनबाट)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper