banner
banner

राष्ट्रिय पोसाकको बिरोध किन नि ?

वाशुदेव वाग्ले -
हामी राष्ट्रवादी हौं भन्ने २ नम्बर प्रदेशका मधेसी पार्टीहरुले प्रदेश सभामा राष्ट्रिय पोसाकलाई बन्देज लगाएको खबर आयो । आफ्नो स्थानीय भेषभुषाको लुगा लगाउन पाउने तर यसको रंगभने कफी कलरको हुनुपर्ने भनिदैछ ।
मर्यादापालकले दौरा सुरुवाल लगाउन नपाउने राजनीतिक सहमतिले राष्ट्रिय पोसाकको अपमान गरेको छ । मानौं २ नम्बर प्रदेश अलग्गै राष्ट्र हो । संविधान मान्ने तर राष्ट्रिय पोसाक लगाउन नपाउने, के तमासा हो यो ?
हिन्दीको वकालत गर्नेहरुले मैथिलीलाई महत्व दिएका छन् । मैथिली संस्कारमा नमिलेकोले राष्ट्रिय पोसाकलाई अमान्य गरिएको उनीहरुको तर्क छ । कांग्रेसका सभासद रामसरोज यादवका अनुसार धोती, कुर्ता, पाइजामा लगाउन पाइनेछ, खाली रंग चाहिं कफी कलरको हुनुपर्ने छ । यसमाथि पहिलो बैठकका लागि भने पोसाक अनिवार्य गरिएन । लोगो जानकी मन्दिर र किसान तय गरिएको छ ।
प्रदेश प्रमुख अर्थात गभर्नर रत्नेश्वर लाल कायस्थ नियुक्त भएका छन्, यिनी राजपा संयोजक महन्थ ठाकुरका सम्धि नाताका हुन् ।  मधेस प्रदेशको लाजमर्दो भनौं कि सहिदहरुको अपमान गरेर नातापाताको बोलवाला भनौं प्रदेश सभामा सम्धि, साली, श्रीमती, सम्धिनी, छोरी, गर्लफ्रेन्डसम्म पनि देखिए ।
मधेसी दलहरु निकै सहिदको कुरा गर्छन्, तेश्रो मधेस आन्दोलन चौथोमा प्रवेश गर्ने धमास पनि दिन्छन् । तर यिनै दल र दलका नेताहरुले मधेसको मान मर्दन गर्न कुनै कसर बाँकी राखेनन् । आफ्नै हितमा रमाउनेहरुले मधेसको हक र हितमा कसरी काम गर्लान् र ? मधेसमै शंका व्यक्त गरिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper