banner
banner

थ्री पिलर मान्नैपर्छ

काठमाडौं । धार्मिक अभियन्ता, बुद्धिजीवी तथा मानवअधिकार आयोगका पूर्व सदस्य डा. केबी रोकायाले देश बचाउने र बनाउने हो भने थ्रि पिलर थ्योरी अनिवार्य भएको विश्लेषण गरेका छन् ।
राजसंस्था, नेपाली सेना र हिन्दुधर्म यी तीन शर्त नेपालको राष्ट्रिय पहिचानका आधार हुनसक्छन् । धर्मनिरपेक्षता र गणतन्त्रवादी दलहरुले अहिले अस्विकार गर्न सक्छन् तर अन्ततोगत्वा  यो सिद्धान्तको तोड कुनै विकल्प हुनै सक्दैन ।
जो नेपाली हुँ भन्छ, नेपाल देश चाहिन्छ भन्ने ठान्छ भने नेपालको यो आधार र विशेषता स्वीकार्ने हिम्मत गर्नैपर्छ । राष्ट्र बचाउने आधार यही हो ।
रोकाया भन्छन्– हामीले आफैले अनुभुत गरेर हाम्रा मान्यता र विश्वास बनाउनुपर्ने थियो । जो हुनसकेन ।। जे पनि बाहिरी शक्तिको प्रभावबाट तय भएका छन् । संघीयता, मानवअधिकार, प्रजातन्त्र जस्ता मुद्धा हाम्रो आफ्नै हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper