banner
banner

वाईसीएलको सनसनी

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस भनेर वाईसीएलले १० सहरमा सनसनीपूर्ण शक्ति प्रदर्शन गर्ने भएको छ । यो शक्ति माओवादी केन्द्रले एकीकरण गर्न र अध्यक्ष प्रचण्डलाई नदिने रणनीति निकालेपछि त्यसको जवाफमा दबाबी प्रदर्शन हुने विज्ञहरुले बताएका छन् ।
१० शहरमा विशेष रुपमा लाखौंको जनयुद्ध जुलुस निकालेर माओवादी केन्द्रले ०६३ सालको जस्तो शक्ति कायम रहेको झझलको दिन खोजेको छ ।
वाइसीएलले एमाले अध्यक्ष ओलीलाई पनि निम्तो पठाएको छ । ओली र प्रचण्डले जनयुद्ध दिवसमा एकसाथ संवोधन गर्छन् कि गर्दैनन् ? सबैको ध्यान यसतिर केन्द्रित छ ।
दीपशिखाका अनुसार वाईसीएल बैठकले महान जनयुद्धको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकास सहित बाम गठबन्धनलाई पार्टी एकतामा बदलौं भन्ने म’ल नारा तय गरेको बताएका छन् ।
उनका अनुसार दशै सहरमा वाईसीएल नेतृत्व खटाउने काम र सफल बनाउने गरी तैयारी सुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper