banner
banner

अष्टलक्ष्मी कि राजेन्द्र पाण्डे

शिव सिग्देल -
एमालेभित्र राजधानीसहितको ३ नम्बर क्षेत्रको मुख्यमन्त्रीको प्रशव बेदना छ । अष्टलक्ष्मी शाक्य कि राजेन्द्र पाण्डे ? यो प्रश्नको जवाफ आइसकेको छैन ।
तर, चुनाव अघि नै अष्टलक्ष्मी शाक्यको पक्षमा पार्टीभित्र एकमत बनेको थियो, एमालेलाई राजनीतिक उचाईमा पुर्‍याउन धादिङका राजेन्द्र पाण्डेले महत्वपूर्ण भूमिका खेलेकै हुन् । उनीजस्ता नेताले आआफ्ना क्षेत्रालाई लालकिल्ला बनाएकाले नै आज एमाले सरकार गठन गर्नसक्ने हैसियतमा पुगेको छ, नेपाली कांग्रेस धुलिसात बसनेको पक्कै हो । कांग्रेसलाई मात दिनसक्नु राजेन्द्र पाण्डेजस्ता नेताको ठूलो हात छ । यहीकारण एमाले द्विविधामा छ कि राजेन्द्र पाण्डेजस्ता नेता सामाजिक सञ्जालदेखि निर्णयक नेतृत्वतहसम्म आफ्नो पक्षमा वकालत गर्न हिड्नु परेको देखिदैछ । यो पनि पार्टी राजनीतिको दुर्भाग्य नै हो ।
हुन त युवराज ज्ञवाली, अग्निप्रसाद खरेल, युवराज खतिवडाजस्ता हाइभोल्टेज नेता, बुद्धिजीवीहरु पाखा लाग्न बाध्य छन् र हिजो आएकी चैते एमाले कोमल वलीले सभासद बन्ने मौका पाएकी छिन् । अध्यक्ष ओलीको सोच कसैले बुझ्न सकिरहेको छैन । उनको इसारा एकतर्फ र निसाना अर्कोतर्फ हुनेगरेको छ ।
अष्टलक्ष्मी शाक्य पार्टीकी सिपाही हुन् । उनले कहिल्यै पार्टीको विपक्षमा उभिने काम गरिनन् र असल सिपाही बनेर पार्टीले खटाएको जिम्मेवारीमा लागिरहिन् । राजेन्द्र पाण्डेका सामु उनको योगदान त कम छैन तर ठूलो श्वर गर्ने अवसर राजेन्द्र पाण्डेले पाएका हुन् । अष्टलक्ष्मी शाक्यको थप सुविधा उनी महिला हुन् र एकजना महिलालाई मुख्यमन्त्री बनाउनै पर्ने बाध्यतामा यतिबेला एमाले छ । अष्टलक्ष्मीकै कारण राजेन्द्र पाण्डेले मरिहत्ते गरेको ३ नम्बर प्रदेशको मुख्यमन्त्री उनको हातबाट खस्कदै गएको कुरा माधव नेपाल धुरीमा धुवाँ उडिरहेको छ । पाण्डे माधव नेपाल पक्षधर नेता हुन्, उनी मेडिकल माफियाका नाममा पनि बदनाम छन् र मनमोहन अधिकारीको नाममा धनराशी कमाउने र मेडिकल शिक्षालाई माफियाकरण गर्नेमा उनी मुख्य पात्र हुन् भनेर बदनाम भएका छन् । जनस्तरमा उनको नाम यसैगरी लिइने गरेको छ ।
डा.गोविन्द केसीको चौधपटकको अनसनले राजेन्द्र पाण्डेको फुइँको धार नराम्ररी झारिदिएको छ भने केसीकै कारणले बदनाम हुनपुगेका पाण्डे मुख्य मन्त्री बन्न सकेनन् भने यो उनको जीवनकै राजनीतिको ठूलो हार मान्नुपर्ने हुन्छ । तथापि उनी जीतका लागि अन्तिम कसरतमा जुटेको देखिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper