banner
banner

नलेखेको इतिहास लेखे आरके मैनालीले

वाशुदेव वाग्ले -
नलेखेको इतिहास लेखर म पनि बाँचैकै छु भनेर हाजीर जनाए आरके मैनालीले । राधाकृष्ण मैनाली न एमालेमा अटे, न मालेमा । कहिले कुन पार्टीमा त कहिले कुनमा पुगेका आरके मैनाली शाही शासनकालमा दरवारमा हाजीरी गर्न पुगेका थिए र उनले त्यसबापत मन्त्रीपद बकस पाएका पनि हुन् ।
तर लामो समय कसैले वास्ता नगरेपछि एमालेमा टाँसिन पुगेका आरकेले त्यहाँ पनि कुनै पद न पाएपछि पुस्तक लेख्न थाले । घोष्ट राइटरको सहयोगले नलेखिएको इतिहास लेखेका आरकेको पुस्तकमा राजतन्त्रलाई गाली गर्ने र आफू सही र सध्ये भउको प्रमाणित गर्नमै सिमित भएका छन् ।
यिनी पनि झाप आन्दोलनकै उपज हुन् । सीपी मैनाली अहिले पनि माले पार्टी चलाइरहेका छन् । केपी ओली चुनाव जित्ने पार्टीका अध्यक्ष छन् र देशको बागडोर लिने साइत कुरिरहेका छन् । तर आरके मैनाली, अहंकारको दलदलमा सगबगाइरहेका सामाजिक किटाणु भन्दा केही रहेनन् । घरका न घाटका बनेका आरकेले अन्तमा जात जनाएका छन् । खानेबेलामा दरवारका मासुभात गलगित्त घिचेका आरेकेले नलेखिएको इतिहास लेखेर दरवारभन्दा निरंकूश अरु छैन भनेरआफूलाई चमत्कारिक क्रान्तिकारीको दर्जा दिने असफल प्रयास गरेका छन् । उनी सही थिए भने उनको अस्तित्व रहनेथियो, किन कतै छैनन् आरके ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper