banner
banner

अस्वगन्धा कौडीको मोलमा

शेखर ढुंगेल -
नेपालको केही भागमा अस्वगंधाको ब्यबसायिक रुपमा बिरुवा उत्पादन हुन् थालेको छ तर यसको उत्पादन जे जति हुन्छ, ती सबै चीन र भारत निर्यात हुन्छ । धेरै सस्तोमा । त्यहाँबाट भारतले मात्र करिब २८ देशमा फैलिएको १२ हज्जार वालमार्ट स्टोरमा यसरी क्याप्सुल बनाएर बेच्ने गरेको छ अश्वगन्धा । नेपालमा अश्वगन्धा आममानिस कतिलाई थाहा छ ?
यसमा सरकार दोषी छ । सञ्चारमाध्यमहरुले पन उचित प्रचार गरेका छैनन् । नेपालमा यतिबेला साह्रै बिक्री हुने भनेको राजनीतिक घटनाक्रम र सेक्सी परिदृश्य हो । नेपालमै पाइने यो अमृत अश्वगन्धाप्रति कसैले पनि ध्यान दिइरहेको छैन, जसका कारण कौडीको मोलमा बेच्ने काम भइरहेको छ । नेपालको पहाड, हिमाल र तराईमा समेत यसको खेती गर्न सकिन्छ । अश्वगन्धा जंगलमा त्यत्तिकै पाइने बनौषधि पनि हो, जसलाई भारतले पत्कर लगेजसरी लगिरहेको छ ।
स्मरण रहोस अहिले बिश्वमा अति माग रहेको सैयौ प्रकारका जडिबुटी जुन नेपाल र भारतको उत्तर प्रदेश, उत्तराखण्डमा मात्र पाइन्छ । यसैमध्येको अश्वगन्धा नेपालमा असाध्यै पाइने जडिबुटी हो । यो जडिबुटीको लुट भइरहेको छ । जसरी क्यान्सरको ओखती बनाउन चाहिने कच्चा पदार्थ लौठसल्ला नेपालबाट भारत निकासी भइरहेको छ, त्यसैगरी यो अश्वगन्धा पनि भारतमा ज्यादा र चीनतिर कम निरन्तर निकासी भइरहेको छ । त्यो पन पत्करको नाममा । यसतिर सरकारले ध्यान दिने हो भने नेपाल र नेपालीको आर्थिक स्थिति बलियो हुनसक्थ्यो कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper