banner
banner

चुनावपछि विश्वास चिप्लियो

काठमाडौं । वीरगञ्ज छपकैयास्थित सिर्सिया नदीको बहाव यताउता हुँदा नेपाली भूभाग भारततिर परेको हो, भारतले सीमा मिचेको छैन भन्ने प्रधानमन्त्री देउवाको भनाईप्रति आमनागरिक आगो बाल्न थालेका छन् ।
देश बेच्ने, नबेचेको भए नेपालीले बर्षौंदेखि कर तिरेको, लालपूर्जा भएको नम्बरी जग्गा एकाएक कसरी भारतीय भयो त ? यो प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनसकेनन् । आमनागरिक सडक आन्दोलन गरिरहेका छन् र सिंगो मुलुक देश बेच्न पाइन्न भनेर आक्रोस पोखिरहेका देखिन्छन् । नेपाली भूभाग भारततिर पारिसकियो, सीमा स्तम्भ सारेर बिस्तारवादीले भूभाग खाइसके, देशका प्रधानमन्त्री अझै पनि भारतको पक्षपोषण गरेर बोल्छन् भने कांग्रेसको भविष्य कति सुरक्षित होला ? त्यसै पनि जनताले अविश्वास गरेकै कारण कांग्रेसको लज्जास्पद हार भइसकेको छ । केही दिनको पाहुना सरकारले भारतलाई ५० बिघा नेपाली भूभाग उपहार दिएको छ । सरकारको यत्रो गल्ती, जनताले भनिरहेका छन्, एक इन्ची भूभाग पनि छाडिन्न ।
नापी विभाग घेर्न गएका नागरिक अभियन्ताहरुलाई कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले ५ बिघामात्र भारततिर परेको र अरु हल्ला हो भने । सरकार भारतले मिचेको छैन भन्ने, नापी विभाग ५ विघा भारततिर परेको भन्ने र ५० बिघाको लालपूर्जा बोकेर आमनगारिक जग्गा खोई देखाइदेउ सरकार भनेर चिच्याउने ? संविधान कार्यान्वयन हुने बेलामा नेपालको यो हविगत ? सार्वभौमिकतामाथि सरकार नै बाधक भएपछि नागरिकको प्रश्न छ– सीमा मिचिदा नबोल्ने यो कस्तो गणतन्त्र ? यी कस्ता गणतन्त्रवादी पार्टीहरु, यी कस्ता नागरिक समाजका अगुवाहरु ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper