banner
banner

यी आइजी कसका आदेशले चल्छन् ?

काठमाडौं । प्रधानमन्त्रीलाई समेत थाहै नदिई रातारात गोविन्द केसीलाई पक्राउ गर्ने आइजीपीले रेसम चौधरी, नवराज सिलवालाई किन पक्राउ गर्ने सक्रियता देखाउन सकेनन् ?
यसकारण प्रश्न उठेको छ, यी आइजीपी कसको आदेशले चल्छन् ? ८ प्रहरीसहित नावालकको हत्या अभियोग लागेका रेसम चौधरीले चुनावसमेत जिते, चुनावमा उठ्न कसैले उजुरी गरेनन् र तिनै रेसम चौधरीलाई अदालतको कठघरामा उभ्याएर न्यायिक निर्णय गराउन नसक्ने यी आइजीपी प्रहरी संस्थाप्रति नै कति जिम्मेवार रहेछन् ?
टीकापुर घटना भएको २९ महिना भयो, प्रकाश अर्याल आइजीप बनेको १० महिना भयो तर यिनले न संस्थाप्रति, न कानुनप्रति नै खरो उत्रिन सके ।
रेसम चौधरी सार्वजनिक रुपमा हिडिरहेका छन् र उनको चुनाव जितेको प्रमाणपत्र पाउनुपर्ने जिकिर पनि कायमै छ । तर सबैले नेपाल प्रहरीलाई चुस्त र सत्य सेवा सुरक्षाको लक्ष्यमा पुर्‍याउन यिनले राम्रै काम गर्लान् भन्ने आशा र विश्वास गरेका थिए, तर  यिनले आफूलाई सक्षम आइजीपी बनाउनतिर कहिल्यै ध्यानै दिएनन् । बरु लाभका लागि सेवाअवधि थप्ने असफल प्रयास गरिरहे । चैत २८ सम्म कार्यकाल रहेका यिनले गर्ने भनेको सकेजति धन बटुल्नेमात्र अवस्था देखिएको छ ।
कैलालीमा भएको थरुहट आन्दोलन नेपाल प्रहरी र समाजका लागि अहिले पनि तर्साउने घटना बनेको छ । थारुहरुले यस आन्दोलनमा उठाएको मुद्दा जायज  थियो होला तर आन्दोलनमा केही शक्ति र केही नेताले उक्साउँदा त्यो जघन्य हत्याकाण्ड बन्न पुगेको थियो । यति गम्भीर अपराधको छिनोफानो कानुनी हिसावले गराउन नसक्नु  असफलता हो ।
अनेक खालका अपराधको अन्त्य गर्न सफल प्रहरी यतिबेला अदृश्य शक्तिको खेलौना बनेको आरोप लाग्न थालेकोले पनि आइजीपीमाथि प्रश्न उठ्न पुगेका छन् । अचम्म, रेसम चौधरीलाई पक्राउ गर्न कुनै पुर्जी काटिएको छैन । यहाँसम्मकी प्रचण्ड प्रधानमन्त्री बनेको बेला दिल्लीमै प्रचण्ड चौधरी वार्ता भएको फोटो सार्वजनिक भएको थियो भने देउवा प्रधानमन्त्री बनेपछि चौधरीलाई सहयोग समेत दिएका थिए ।।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper