banner
banner

राजपामा सम्धिवाद

काठमाडौं । राजपाका माउ महन्थ ठाकुरले सम्धि उमाकान्त झालाई ५ नम्बर प्रदेशको प्रमुख बनाएका छन् भने सम्धिनी इन्द्रा झालाई समानुपातिकतर्फको सभासद बनाउन ३ नम्बर सूचीमा नाम राखेका छन् । यी तिनै महन्थ ठाकुर 
हुन्, जसले मधेसको पत्रिकामा एक मधेस हुन्न भने एक नेपाल पनि रहन्न भनेर अन्तर्वार्ता दिएका थिए । बहुल राष्ट्रवादको विवाद झिक्ने यिनै हुन् । यिनले मरे तो मुक्ति जिए तो मधेस भन्ने महावाणी मधेसभरि भित्ता भित्तामा टाँगिएको छ । मधेस आन्दोलन र सहिदको कुरा गरेर नथाक्ने महन्थ र मधेसी नेता तथा जनता यी सम्धिवादी महन्थप्रति प्रश्न उठाउँदैनन् किन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper