banner
banner

तर्सायो भारतले

काठमाडौं । पूर्वजनरल अशोक मेहता नेपाल विज्ञ मानेको छ दिल्लीले । उनीमार्फत नै दिल्लीनीतिका संकेतहरु पनि आउँने गरेका छन् । चुनावपछिको सिनेरियो हेरेर अशोक मेहताले दिल्ली
लाई सुझाव दिएजस्तो गरेर भनेका छन्– नेपालमा वामपन्थी गठबन्धनले भारी बहुमत पाएको सन्दर्भमा नयाँ बन्ने सरकारसँग भारतले मिलेर अघि बढ्नुपर्छ । लामो समयपछि नेपालमा बहुमतको सरकार बन्नेछ । अब नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढ्नेछ । जसरी  मोदीजीले भन्नुहुन्छ सबका विकास, त्यसैगरी नेपाल पनि विकासको बाटोमा अग्रसर हुनेछ । 
माओवादी र एमालेबीच एकता हुन्छ भने झन् राम्रो हो तर मलाई तिनीहरूबीच अहिले नै पार्टी एकता हुन्छ जस्तो लाग्दैन । केही दिन बितेपछि अलग्गिने सम्भावना पनि जीवितै रहेको कुरालाई नकार्न सकिन्न । चीनले दक्षिण एसियाका देशहरूमा पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा वा नेपाल नै किन नहोस् — उसले आफ्नो प्रभाव बढाइरहेको छ । भुटानबाहेक अन्यत्र सबैतिर उसको प्रभावशाली उपस्थिति छ । चीनले पहिलेपहिले हामी अरू देशको आन्तरिक मामिलामा कुनै चासो राख्नेछैनौं भन्ने गर्थ्यो । तर अब चीन पहिलेजस्तो छैन । ओलीजी विदेशमन्त्री हुँदा भारतसँग धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपालीलाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो ।
नेपाल र  भारतबीचको सम्बन्धमा चीनका लागि केही रेड लाइन्स अर्थात् लक्ष्मणरेखाहरू पनि छन् । चीनले त्यो कुरा स्मरण गर्नु जरूरी छ । चीनले नेपालमा केही हाइड्रो प्रोजेक्ट वा एक्सप्रेसवे वा हाउजिङ प्रोजेक्ट्स लगायत थुप्रै परियोजना लागू गर्न, रेल्वे लाइन लुम्बिनीसम्म लग्न चाहेको छ । अन्य थुप्रै कतिपय परियोजनाहरू ऊ लागू गर्न चाहन्छ । त्यो परिस्थितिमा भारतसाग नेपालले अवश्य नै कुरा गर्नुपर्ने हुन्छ । 
दोस्रो कुरा के हो भने नेपालको तराई मधेश क्षेत्रमा  नेपाल र भारतबीच समझौता नै भएको छ । सम्झौता अनुसार, चीनको कुनै पनि परियोजना तराईमा बन्दैन । जस्तै, सन् १९८५ मा पूर्व–पश्चिम कोहलपुर राजमार्ग बन्न लाग्दा  चीनले सबभन्दा कम बोली लगाएको  थियो । तैपनि राजा वीरेन्द्रले चीनलाई त्यो परियोजना दिएनन् । भारतले मधेशमा चीनको लगानी होस् भन्ने चाहँदैन किनभने चीनको मजदूर सँगसँगै सेना पनि परियोजनामा काम गर्न आउने गर्छ । चिनियाँ सेना र नेपाली सेनाबीच साटासाट भयो भने, सेनाको संख्या बढ्यो भने भारतले त्यसको विरोध गर्नेछ । यसरी अभिव्यक्ति दिएर भारतले बन्ने एमाले सरकारलाई अहिले नै तर्साउन थालेको छ, यो हो भारतको जोल्ट । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper